एमाले अध्यक्ष ओलीले गरे चार घोषणा, अब एमालेको सरकार
सारांश
- काठमाडौं ।
- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रो चरणको स्थानीय चुनावमा आफ्नो पार्टी देशको पहिलो पार्टी बन्ने उद्घोष गरेका छन् ।
- एपीवान टेलिभिजनलाई शनिबार राति विशेष अन्तरवार्ता दिँदै अध्यक्ष ओलीले प्रदेश नम्बर २ को चुनावमा नेकपा एमाले पहिलो पार्टी हुने उद्घोष गरेका छन् ।
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रो चरणको स्थानीय चुनावमा आफ्नो पार्टी देशको पहिलो पार्टी बन्ने उद्घोष गरेका छन् ।
एपीवान टेलिभिजनलाई शनिबार राति विशेष अन्तरवार्ता दिँदै अध्यक्ष ओलीले प्रदेश नम्बर २ को चुनावमा नेकपा एमाले पहिलो पार्टी हुने उद्घोष गरेका छन् ।
मंसिरपछि एमालेले बहुमतको सरकार बनाउने ओलीको दाबी छ । अध्यक्ष ओलीले मंसिरपछि सातैवटा प्रदेशमा एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने उद्घोष पनि गरे ।
यस्ता छन्, ओलीका चार घोषणाः
१. प्रदेश नम्बर २ को चुनावमा नेकपा एमाले पहिलो पार्टी बन्छ ।
२. मंसिर १० गते हुने प्रतिनिधिसभा र मंसिर २१ गते हुने प्रदेश सभाका निर्वाचनमा एमाले बहुमतमा आउँछ । केन्द्रमा एमालेले बहुमतको सरकार बनाउँछ ।
३. सातै वटा प्रदेशमा एमालेले प्रदेश सरकार बनाउँछ ।
४. संघीय सरकार पनि एमालेले बहुमतका साथ बनाउँछ ।
प्रतिक्रिया