प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर : नेता निधि

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
४३ पटक हेरिएको
Shares
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर : नेता निधि

सारांश

  • जनकपुरधाम ।
  • नेपाली काँगे्रसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन संघीयताका पक्षधर र संघीयताका विरोधीलाई पहिचान गर्ने अवसर भएको बताउनुभएको छ ।
  • नेपाली काँगे्रसको मिडिया सेन्टरद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले संघीयता विरोधीलाई परास्त गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

जनकपुरधाम । नेपाली काँगे्रसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन संघीयताका पक्षधर र संघीयताका विरोधीलाई पहिचान गर्ने अवसर भएको बताउनुभएको छ ।

नेपाली काँगे्रसको मिडिया सेन्टरद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले संघीयता विरोधीलाई परास्त गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

पूर्व महामन्त्री निधिले नेकपा (एमाले) मधेश विरोधी शक्ति भएको प्रसंग उल्लेख गर्दै मधेशीलाई विदेशी भन्नेलाई मधेशी जनताले मतबाट सबक दिने समय आएको धारणा राख्नुभयो ।

प्रदेश नं २ मा काँगे्रसको लहरलाई देखेर विपक्षी एमालेलगायतका दलहरुमा छटपटी बढेको बताउँदै एमालेकै कारण संविधान संशोधन हुन नसकेको आरोप पनि लगाउनुभयो ।

काँगेसका केन्द्रीय सदस्य एवं प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले २ नं प्रदेशमा काँग्रेसका पक्षमा अपार जनसमर्थन देखिएको चर्चा गर्दै मतदाताहरूले काँगे्रसलाई अत्यधिक मतले जिताउन चुनावलाई अवसर र उत्सवका रूपमा लिएका छन् भन्नुभयो ।

उहाँले तेस्रो चरणको चुनाव मधेश र मधेशी जनताको पक्षमा उभिने र उभिन नचाहनेको जनमत संग्रह हो भन्नुभयो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको निर्णय : हावाहुरीमा प्रभावितलाई  कुनै कुराको कमी हुन नदिने
सरकारको निर्णय : हावाहुरीमा प्रभावितलाई कुनै कुराको कमी हुन नदिने
राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा
राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा
‘नालापानी’मा  नेपाल अंग्रेज युद्धकाे कथा ! (भिडियाे सहित)
‘नालापानी’मा नेपाल अंग्रेज युद्धकाे कथा ! (भिडियाे सहित)
नाकाहरुमा सशस्त्रको सुरक्षा
नाकाहरुमा सशस्त्रको सुरक्षा
देशभरको मौसममा आंशिक बदली, आज वर्षाको सम्भावना
देशभरको मौसममा आंशिक बदली, आज वर्षाको सम्भावना
१२ घण्टामा  शिखरन्यूजका ‘टप १०’ समाचारहरु हेर्नुहोस्
१२ घण्टामा शिखरन्यूजका ‘टप १०’ समाचारहरु हेर्नुहोस्
कानुन व्यवसायीको चुनाव : सोमबारदेखि मतगणना हुने
कानुन व्यवसायीको चुनाव : सोमबारदेखि मतगणना हुने
करार कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन मुख्यमन्त्रीको निर्देशन
करार कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन मुख्यमन्त्रीको निर्देशन
मधुमेहको लक्षण र बच्ने उपाय
मधुमेहको लक्षण र बच्ने उपाय
सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई
सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई