सरकारी सेवाको अवसरः सेनाले माग्यो १५० अधिकृत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २७, २०७४
|
|
३६ पटक हेरिएको
Shares
सरकारी सेवाको अवसरः सेनाले माग्यो १५० अधिकृत

सारांश

  • काठमाडौँ ।
  • नेपाली सेनाले रिक्त रहेको १५० अधिकृतको पदपूर्तिको सूचना प्रकाशित गरेको छ।
  • समावेशी तथा खुला प्रतिस्पर्धाका आधारमा रिक्त दरबन्दी पदपूर्तिको सूचना प्रकाशित गरेको हो ।

काठमाडौँ । नेपाली सेनाले रिक्त रहेको १५० अधिकृतको पदपूर्तिको सूचना प्रकाशित गरेको छ। समावेशी तथा खुला प्रतिस्पर्धाका आधारमा रिक्त दरबन्दी पदपूर्तिको सूचना प्रकाशित गरेको हो ।

सेनाको भर्ना छनोट निर्देशनालयको सूचना अनुसार खुलातर्फ ८३ जनाको पदपूर्तिको आह्वान भएको छ। यस्तै, महिला १३, आदिवासी जनजाति २२, मधेशी १९, दलित १०, तथा पिछडिएको क्षेत्रबाट ३ जनाको आरक्षण तोकिएको छ ।

योग्यता पुगेका उम्मेदवारले भदौ २७ गतेदेखि असोज २५ गतेसम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुरमा कार्तिक १ गतेसम्म दरखास्त दिन सकिने व्यवस्था सूचनामा उल्लेख छ ।

अधिकृतका लागि आवेदन दिने उम्मेदवारले मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ ।

प्रमाणपत्र वा सो सरह शैक्षिक योग्यता भएकाको हकमा उमेर १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको र स्नातक तह उत्तीर्णको हकमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ ।

दरखास्त फारम भर्ना छनोट निर्देशनालय भद्रकाली, मध्य पृतना हेटौँडा, उत्तर पश्चिम पृतना सुर्खेत, पूर्वी पृतना सुनसरी, पश्चिम पृतना पोखरा, सुदूर पश्चिम पृतना दिपायलमा बुझाउन सकिने निर्देशनालयको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनको पछीलो मत परिणाम
चितवनको पछीलो मत परिणाम
सांसद त्रिपाठी मन्त्री अधिकारीको पक्षमा, प्रतिवेदन ‘डस्टबिन’ मा फाल्ने !
सांसद त्रिपाठी मन्त्री अधिकारीको पक्षमा, प्रतिवेदन ‘डस्टबिन’ मा फाल्ने !
गैंडा लिन टाइगर रिजर्बले नेपाललाई बोलायो
गैंडा लिन टाइगर रिजर्बले नेपाललाई बोलायो
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छः प्रधानमन्त्री दाहाल
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छः प्रधानमन्त्री दाहाल
संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा
संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा
२१ निर्वाचन क्षेत्रको मत गणना हुँदा माओवादी केन्द्रको अग्रता
२१ निर्वाचन क्षेत्रको मत गणना हुँदा माओवादी केन्द्रको अग्रता
पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर
पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर
इमरान खान पक्राउः पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते
इमरान खान पक्राउः पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते
‘विप्लव’ समूहको बन्द, देशका विभिन्न स्थानमा बम विस्फोट र आगजनी
‘विप्लव’ समूहको बन्द, देशका विभिन्न स्थानमा बम विस्फोट र आगजनी
महोत्तरी र बारामा माओवादी केन्द्रले खाता खोल्यो
महोत्तरी र बारामा माओवादी केन्द्रले खाता खोल्यो

तपाईंले छुटाउनुभयो कि?