उत्तर कोरियाले एकाबिहानै तर्सायो जापानलाई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
२९ पटक हेरिएको
Shares
उत्तर कोरियाले एकाबिहानै तर्सायो जापानलाई

सारांश

  • एजेन्सी ।
  • उत्तर कोरियाले जापानको हकाइदो टापुको आकाशमाथि एउटा बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानी तथा दक्षिण कोरियाली सरकारले बताएका छन् ।
  • राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्रले ३,७०० किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

एजेन्सी । उत्तर कोरियाले जापानको हकाइदो टापुको आकाशमाथि एउटा बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानी तथा दक्षिण कोरियाली सरकारले बताएका छन् ।

राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्रले ३,७०० किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । टोकियोस्थित संवाददाताका अनुसार उत्तर कोरियाले यसअघि परीक्षण गरेको क्षेप्यास्त्रभन्दा यो लामो दूरीको हो ।

जापानी आकाशमा क्षेप्यास्त्र पुगेपछि एकाबिहानै अलार्म बजेको थियो र हकाइदोका बासिन्दालाई आश्रय लिन भनिएको थियो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्धहरु लगाएको चार दिनपछि प्योङयाङगले पछिल्लो क्षेप्यास्त्र प्रहार गरेको छ ।

सेप्टेम्बर ३ तारिख एउटा हाइड्रोजन बमको सफल परीक्षण गरेको बताएपछि सुरक्षा परिषद्ले दण्डित गर्ने भन्दै उत्तर कोरियाविरुद्ध सर्वसम्मतिले नयाँ प्रतिबन्धहरु पारित गरेको थियो ।

दक्षिण कोरियाली र जापानी सरकारले पछिल्लो क्षेप्यास्त्रबारे समीक्षा गरिरहेको बताएका छन् । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लू हाउसले पछिल्लो क्षेप्यास्त्र प्रहारपछि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएको छ ।

यसअघि गत अगस्ट २९ तारिखमा उत्तर कोरियाले आफ्नो आकाशमाथि बलेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा जापानले त्यसलाई ’अभुतपूर्व खतरा’को संज्ञा दिएको थियो ।

उक्त क्षेप्यास्त्र जापानी आकाश भएर ३,००० किलोमिटरको दूरी तय गरी समुद्रमा खसेको थियो । प्योङयाङगले त्यसलाई कोरियाली प्रायद्वीपमा सैन्य कारबाहीको ’पहिलो कदम’ भएको बताएको थियो ।

संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बावजुद उत्तर कोरियाले पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।

बीबीसी

(www.stocktargetadvisor.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?