कारबाहीको माग गर्दै कांग्रेस नेता प्रकाशशरण महतविरुद्व उजुरी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
४२ पटक हेरिएको
Shares
कारबाहीको माग गर्दै कांग्रेस नेता प्रकाशशरण महतविरुद्व उजुरी

सारांश

  • काठमाडौं ।
  • पार्टीको जनाधार बलियो हुँदाहुँदै व्यक्तिगत प्रतिशोध साँध्नका लागि आपूुहरुलाई हराउने खेल खेलेको भन्दै नेपाली कांगे्रसका केन्द्रीय सदस्य डा.
  • प्रकाशशरण महतविरुद्व उजुरी दर्ता भएको छ ।

काठमाडौं । पार्टीको जनाधार बलियो हुँदाहुँदै व्यक्तिगत प्रतिशोध साँध्नका लागि आपूुहरुलाई हराउने खेल खेलेको भन्दै नेपाली कांगे्रसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतविरुद्व उजुरी दर्ता भएको छ ।

गत स्थानीय तहको निर्वाचनमा आफूहरुलाई असहयोग गरेको भन्दै नुवाकोटका विभिन्न गाउँपालिका र वडाका उम्मेदवारहरुको समूहले कारबाहीको मागसहित आइतबार पार्टी मुख्यालय सानेपामा सो उजुरी दर्ता गरेका हुन् ।

पार्टी सभापति र केन्द्रीय अनुशासन समिति संयोजकलाई सम्बोधन गर्दै सांसदसमेत रहेका महतलाई कारबाहीको माग गर्नेहरुमा लिखु गाउँपालिका वडा नं. ३ अध्यक्षका प्रत्यासी विनोद सेडाई, ककनी गाउँपालिका वडा नं. ३ अध्यक्षका प्रत्यासी सिताराम आचार्य, शिवपुरी गाउँपालिका वडा नं. ८ अध्यक्षका प्रत्यासी शिव प्रसाद रिजाल, ककनी गाउँपालिका वडा नं. ८ अध्यक्ष प्रत्यासी शंकर अधिकारी, लिखु गाउँपालिका वडा नं. ५ अध्यक्षका प्रत्यासी विश्वप्रकाश खतिवडा रहेका छन् ।

त्यसैगरी शिवपुरी गाउँपालिका वडा नं. ८ सदस्यका प्रत्यासी कृष्ण थपलिया र जयराम तामाङ लिखु–३ का सदस्यका प्रत्यासी प्रकाश कुँवर, लिखु–५ का वडा सदस्यका प्रत्यासी कल्पना आचार्य र कृष्ण बहादुर थापा मगर, ककनी–३ का वडा सदस्यका प्रत्यासी लक्ष्मी राई र गिता सुनार, लिखु–६ का वडा सदस्यका प्रत्यासी अनुजजंग थापा र ककनी–१ का वडा अध्यक्षका प्रत्यासी मोहन कृष्ण श्रेष्ठलगायतले उजुरीपत्रमा हस्ताक्षर गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा आफूहरुलाई पराजित गराउन र पार्टीलाई क्षति पु¥याउने नियतले डा. महतको प्रत्यक्ष निर्देशनमा उत्तम पाठक, केशराम तामाङ, सुमन डंगोललगायतले असहयोग गरेको र विपक्षी पार्टीका उम्मेदवारलाई मतदान गर्न लगाउने जस्ता हर्कत गरेको उनीहरुको आरोप छ ।

‘पार्टीका केन्द्रीय सदस्य डा. प्रकाश शरण महतको प्रत्यक्ष निर्देशनमा असहयोग गरेको र मतदाताहरुसँग विपक्षी पार्टीका उम्मेदवारहरुलाई मत माग्न लगाउने जस्ता पार्टी द्रोही क्रियाकलाप गरे गराएको कारणबाट हामी निर्वाचन जित्नबाट बञ्चित भई पराजित हुनुपरेको छ’ उजुरीपत्रमा लेखिएको छ ‘त्यस्ता क्रियाकलाप गर्ने गराउनेमाथि उचित कारबाहीको लागि माग गर्दछौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
चक्कुको चिह्नसहित श्रीमतीलार्इ यस्तो म्यासेज गरेका थिए इन्टर्पोलका प्रमुखले
चक्कुको चिह्नसहित श्रीमतीलार्इ यस्तो म्यासेज गरेका थिए इन्टर्पोलका प्रमुखले
अवैध रुपमा बालुवा झिक्ने स्काभेक्टर दुर्घटना हुँदा चालक बेपत्ता
अवैध रुपमा बालुवा झिक्ने स्काभेक्टर दुर्घटना हुँदा चालक बेपत्ता
प्रचण्ड आज चितवन जाँदै, शनिबार मात्रै फर्किने
प्रचण्ड आज चितवन जाँदै, शनिबार मात्रै फर्किने
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
बसुन्धारास्थित स्पिड गेष्ट हाउसमा भेटियो युवतीको शव
बसुन्धारास्थित स्पिड गेष्ट हाउसमा भेटियो युवतीको शव
कानून कार्यान्वयनलाई चेतनास्तर बढाउनुपर्ने
कानून कार्यान्वयनलाई चेतनास्तर बढाउनुपर्ने
बलात्कारी जोगाउने एसपी माझीलाई विभुषण
दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिने
दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिने
आर्थिक अभावमा छटपटाउँदै ब्लड क्यान्सर पीडित सहिद–पुत्र
आर्थिक अभावमा छटपटाउँदै ब्लड क्यान्सर पीडित सहिद–पुत्र