महोत्तरीमा मतगणनाको सूचना लिन कठीन,सञ्चारकर्मीलाई प्रवेश निषेध ‘
सारांश
- स्थानीय तह चुनावको लागि मतगणना भइरहेको स्थलमा समाचार संकलनमा गएका सञ्चारकर्मीलाई प्रवेश निषेध गरिँदा समस्या भएको छ ।
- जिल्लाको विभिन्न मतगणनास्थलमा कार्यरत सुरक्षाकर्मी र निर्वाचन कार्यालयका पदाधिकारीले स्थानीय पत्रकारलाई प्रवेश गर्नमा रोक लगाएका छन् ।
- यस सम्बन्धमा महोत्तरीका प्रमुृख जिल्ला अधिकारी वावुराम श्रेष्ठसँग कुराकानी गर्दा निर्धक्क भएर पत्रकारले अनुगमन गर्न सकिने, यसमा कुनै रोकतोक छैन भनी जवाफ दिनुभयो ।
स्थानीय तह चुनावको लागि मतगणना भइरहेको स्थलमा समाचार संकलनमा गएका सञ्चारकर्मीलाई प्रवेश निषेध गरिँदा समस्या भएको छ । जिल्लाको विभिन्न मतगणनास्थलमा कार्यरत सुरक्षाकर्मी र निर्वाचन कार्यालयका पदाधिकारीले स्थानीय पत्रकारलाई प्रवेश गर्नमा रोक लगाएका छन् ।
यस सम्बन्धमा महोत्तरीका प्रमुृख जिल्ला अधिकारी वावुराम श्रेष्ठसँग कुराकानी गर्दा निर्धक्क भएर पत्रकारले अनुगमन गर्न सकिने, यसमा कुनै रोकतोक छैन भनी जवाफ दिनुभयो । पत्रकारहरु कुनै पनि समयमा मतगणना स्थलमा भइरहेको गतिविधीको निरिक्षण गर्न सकिने उहाँले बताउनुभयो । जिल्लास्थित निर्वाचन कार्यालयमा फोकल पर्सनलाई निर्वाचन गतिविधीको सम्बन्धमा सूचना सार्वजनिक गर्न आदेश दिएको बताउनुहुँदै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पत्रकारलाई समाचार संकलनको लागि रोक्न नहुने प्रतिक्रिया दिनुभयो ।
यता यो समाचार तयार गर्दासम्म जिल्लास्थित मुख्य निर्वाचन अधिकारी पिंकी राय र मुख्य निर्वाचन अधिकृत किरण कुमार पोखरेललाई बारम्बार सम्पर्क गर्दा उहाँहरु सम्पर्कमा आउन चाहनुभएन ।
पत्रकारहरु मतगणनास्थलमा पुग्न नपाएपछि सर्वसाधरणले मतपरिमाण बुझ्न सकेका छैनन् । महोत्तरीको सोनमा गाउँपालिकामा बिहान ९ बजेदेखि मतगणना कार्यक्रम जारी रहेता पनि अहिलेसम्म मतपरिमाण सार्वजनिक नगरेको नेकपा एमालेका स्थानीय नेता अनिल कुमार यादवले बताउनुभयो ।
प्रतिक्रिया