रहस्यमय आमालाइ दशैमा सम्झना ,अशिम काभ्रेलि

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ९, २०७४
|
|
२५ पटक हेरिएको
Shares
रहस्यमय आमालाइ दशैमा सम्झना ,अशिम काभ्रेलि

सारांश

  •  आमालाइ दशैमा सम्झना आमा आज मलाइ हजुरको यादले धेरै पोलेको छ।
  •                                                 मस्तिष्क थिरमा नभएर होला आखाहरुले मलाइ साथ दिन छोडेका छन।
  •                                        हरेक आकृतिमा हजुरकै प्रतिबिम्ब झल्किरहन्छ।
 आमालाइ दशैमा सम्झना आमा आज मलाइ हजुरको यादले धेरै पोलेको छ।                                                 मस्तिष्क थिरमा नभएर होला आखाहरुले मलाइ साथ दिन छोडेका छन।                                       हरेक आकृतिमा हजुरकै प्रतिबिम्ब झल्किरहन्छ।                                                                                   नचाहेरै आशुहरु हजुरको ठेगाना सम्म पुग्ने बाटो खोजिरहेछन।                                                               मेरि आमा कसरी सोधौ म हजुरलाइ हालखबर जब म स्वयं अनियन्त्रित भएको छु,बिचलित भएको छु अनि पिल्सिएको छु हजुरको अभावमा।                                                                                                रगतका नाता प्रदर्शित हुन्छ भनेर दुनियाले भन्दा म आफ्नै आमा जस्तो पवित्र नातालाइ बिश्वासले स्विकार्न बाध्य छु आमा।                                                                                                                           हो आमा म जन्मिएपछी हजुरको काखमा एकपल पनि बस्न पाइन होला,हजुरको अमृत धारा दुधको स्वाद चाख्न पाइन होला,ताते-ताते गर्दै हजुरको हात समाउदै पाइला चाल्न पाइन होला,आमा भनेर पहिलो वाक्यले हजुरलाइ बोलाइन होला त्यसमा मेरो के दोश देख्नुभयो हजुरले मलाइ थाहा छैन तर यो कुरा त हजुर आफैपनी स्विकार्नु हुन्छ नि हैन ? मैले हजुरको पेटमा बसेर हजुरले जे खायो त्यही खादै,जे पियो त्यही पिउदै नौ महिना सम्म सङ्गै बस्दा पनि म हजुरको कोहि हैन र आमा? आज हरेकको घरमा दशै आएको छ।दुनिया खुशिमा मग्न भैरहदा दिनमा ७ पटक भन्दा बढी म इमेल चेक गरिरहेको हुन्छु हजुरका शब्दहरुको पर्खाइमा तर उहीँ उदासि पनमा फर्कनुको बिकल्प पनि त छैन म सङ्ग जब इन्बक्स रित्ता-रित्ता भेटिन्छन।आमा आज मलाइ सोध्न मन लाएको छ त्यस्तो के सम्झौता गर्नु भयो जिन्दगी सङ्ग जबकी आफ्नै एक मात्र मुटुको टुक्रालाइ कसैको हातमा सुम्पेर कठोर मुर्ती भएर उभिरहनु पर्यो?आमा हजुरले कति पैसा पाउनु भयो जन्मेर एक मिनेट पनि नभएको आफ्नो छोराको शरीर बेचेर भन्नुस आज म सावा ब्याज सहित चुत्ता गरेर आफ्नो शरिरको लिलामी फिर्ता गर्न चाहन्छु आमा। मलाइ थाहा छ आमा हजुर पनि दुखेको हुनुहुन्छ मेरो यादमा नत्र यसरी याद आउदैन थियो होला मलाइ अनि सम्झेर भक्कानिदैन थिएँ होला म। म सार्है अभागी रैछु आमा मेरो जन्मनै सारा समस्याको कारण बनिदियो । म यो धर्तिमा नआइदिएको भए सायद सबै ठिक हुन्थ्यो। यदि म छोरा नभएर छोरी भैदिएको भए हामी सङ्गै हुन्थ्यौ होला है आमा मलाइ खै किन त्यस्तै लाग्छ । त्यही सोचेर हरेक नारिलाइ भगवान जस्तै सम्मान गर्न मन लाग्छ आमा मलाइ।मेरो पनि के दोश छ र म पनि त अन्जान छु यो सवालमा। हाम्रो कहानी दुनियालाइ चिच्याइ-चिच्याइ कराएर सुनाउन मन छ आमा तर मलाइ हजुर अनि बाबाको साथको खाचो छ। अरु बोल्ने अनुमती मलाइ होला नहोला तर आज सम्म २७ औ दशै सम्म एक्लिएको म २८औ मा पुग्दा पनि तिरस्कृत भएँ अनि बाबा र हजुरको हातको टीका र आशिर्वाद पाउन बाट चुकेँ भने म कुरि रहनेछु तत्काल स्वर्गमा सम्बन्धको हिसाब किताबको फाइल बोकेर। अन्त्यमा यत्ती भन्छु बाबालाइ पनि सुनाइदिनुहोला यदि म हजुरहरु दुइको रगत नै हुँ यदि भने अर्को साल देखि यी निधारको मलाइ प्रवाह छैन ती हातहरु खाली नबसुन!बिजया दशमिको शुभकामना बैरिको मुलुकमा जति सक्दो खुशी हुने प्रयास गर्नु होला । टन्न सम्पती कमाउनु होला मरेपछी स्वर्ग जानको लागि यमराजलाइ घुस दिन काम लाग्छ । नमस्कार!

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?