आईपीएल : कोलकत्ता नाइट राइडर्सको दोस्रो जित

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १९, २०७८
|
|
३४ पटक हेरिएको
Shares
आईपीएल : कोलकत्ता नाइट राइडर्सको दोस्रो जित

सारांश

  • काठमाडौं।
  • इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ।
  • गएराति पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले दोस्रो जित दर्ता गरेको हो।

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ। गएराति पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले दोस्रो जित दर्ता गरेको हो।
पहिलो ब्याटिङ गरेको पन्जाबले दिएको १ सय ३८ रनको लक्ष्य कोलकत्ताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो। कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित ७० रनको शानदार इनिङ खेले। कप्तान श्रेयस आयरले २६ रन बनाए भने साम विलिङ्सले अविजित २४ रन जोडे। पञ्जाबमा राहुल चाहरले दुई विकेट लिए।
पहिले ब्याटिङ गरेको पन्जाबका लागि लागि भानुका राजपाक्षे ३१, कागिसो राबडा २५, लियाम लिभिङस्टोन १९, शिखर धवनले १६ रन जोड्दा हारप्रित ब्रारले १२ रन मात्र बनाए।
कोलकत्ताका उमेश यादवले ४ विकेट हात पारेका छन् भने टिम साउथीले २ विकेट लिए। यो जितसँगै कोलकत्ताले ३ खेलमा ४ अंक जोडेको छ। पहिलो खेलमा कोलकत्ताले चेन्नईलाई हराएको थियो। दोस्रो खेलमा भने बैंगलोरसँग पराजित भएको थियो। कोलकोत्ता तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।[image: kkr-win1648833214.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पछिल्लो मतपरिणाम अनुसारको कती ठाउँमा अगाडी  ?
पछिल्लो मतपरिणाम अनुसारको कती ठाउँमा अगाडी ?
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
Signs of a Healthy Romantic relationship – Producing Healthy Romances
किशोरावस्थामा यौन सम्पर्क नगर्ने सल्लाह उचित कि अनुचित
किशोरावस्थामा यौन सम्पर्क नगर्ने सल्लाह उचित कि अनुचित
३३ किलो सुन प्रकरणको नालीबेली : सनम मर्नुअघि गोरेले भनेका थिए, ‘डाक्टरले डुबाउने भयो’ !
३३ किलो सुन प्रकरणको नालीबेली : सनम मर्नुअघि गोरेले भनेका थिए, ‘डाक्टरले डुबाउने भयो’ !
आज विश्व रक्तदाता दिवस सचेतनामूलक कार्यक्रम गरी मनाइँदै
आज विश्व रक्तदाता दिवस सचेतनामूलक कार्यक्रम गरी मनाइँदै
दुई महिनामा ९ सयवटा ईभी र ५ सयवटा गाडी आयात
दुई महिनामा ९ सयवटा ईभी र ५ सयवटा गाडी आयात
तपाईको आज  : कात्तिक ४ गतेको राशिफल
तपाईको आज : कात्तिक ४ गतेको राशिफल
युवकको मृत्युपछि १४ जना प्रहरी नियन्त्रणमा
युवकको मृत्युपछि १४ जना प्रहरी नियन्त्रणमा
गोपाल पराजुलीलाई न्यायाधीशमा भर्ना गर्दा पराजुलीविरुद्ध ३१ दिनसम्म एक्लै लडेका यी माननीय के भन्छन ?

तपाईंले छुटाउनुभयो कि?