रौतहटमा स्थानीय तहको निर्वाचनपछि दुुईको हत्या

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ९, २०७४
|
|
२५ पटक हेरिएको
Shares
रौतहटमा स्थानीय तहको निर्वाचनपछि दुुईको हत्या

सारांश

  • रौतहट, ९ असोज  दुुई दशक लामो समयपछि भएको स्थानीय तहको निर्वाचनपछि रौतहटमा दुुई जनाको हत्या भएको छ ।
  • जिल्लाको मध्यपश्चिम परोहा नगरपालिका–५ का नेपाली काँग्रेसका पराजित उम्मेदवारका छोराको गोली हानी हत्या भएको छ ।
  • वडा अध्यक्षका पराजित उम्मेदवार शेख सेराजका ३२ वर्षीय छोरा शेख स्वयव अक्बरको अज्ञात समूहले गएराति गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

रौतहट, ९ असोज  दुुई दशक लामो समयपछि भएको स्थानीय तहको निर्वाचनपछि रौतहटमा दुुई जनाको हत्या भएको छ ।

जिल्लाको मध्यपश्चिम परोहा नगरपालिका–५ का नेपाली काँग्रेसका पराजित उम्मेदवारका छोराको गोली हानी हत्या भएको छ । वडा अध्यक्षका पराजित उम्मेदवार शेख सेराजका ३२ वर्षीय छोरा शेख स्वयव अक्बरको अज्ञात समूहले गएराति गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

रौतहट प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुुसार आज बिहान करिब ३.३० बजे आफ्नै घरको बरण्डामा सुतिरहेको समयमा अज्ञात समूहले अक्बरको छातिमा दुुई गोली हानेका थिए ।

घटनालगतै उपचारको लागि जिल्ला अस्पताल गौर लैजाने क्रममा बाटोमै मृत्युु भएको थियो । घटना राजनीतिक कारणले हुनसक्ने प्रहरीको प्रारम्भिक अनुुमान रहेको एसपी पाखरेलले जानकारी दिनुुभयो ।

घटनामा संलग्न रहेको आशंकामा दुुईजनालाई नियन्त्रणमा लिएको र थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृतकको शव परीक्षण भइसकेको प्रहरीले जनाएको छ । यसअघि कटहरिया नगरपालिका–३ बलुुआ टोलका राजपा कार्यकर्ता रामपुुकार यादवको हत्या भएको थियो ।

स्थानीय निर्वाचनको भोलिपल्ट गत असोज ३ गते बलुुआ टोलमा चुुनावकै विषय लिएर नेपाली काँग्रेसका कार्यकर्ताको कुुटाइबाट राजपा कार्यकर्ता यादवको घटनास्थलमै मृत्युु भएको थियो ।

उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले कटहरिया नपा–३ का नेपाली काँग्रेसका उम्मेदवार गौरीशङ्कर यादवका १८ वर्षीय छोरा भुुटा राय यादव, काँग्रेस कार्यकर्ता अनुुठा यादव र बैजुुप्रसाद कलवारलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा अध्यक्षका पराजित उम्मेदवार यादवसँगै उनका पक्षधर झण्डै दुुईदर्जन मानिस बेपता भएका छन् । उक्त घटनामा पनि राजनीतिक कारणले भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?