पाेखरामा सर्प्राइजः हिजाे, राती र अाजकाे दृष्य अलग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
पाेखरामा सर्प्राइजः हिजाे, राती र अाजकाे दृष्य अलग

सारांश

  • पाेखराकाे बढी गुल्जार हुने चाेकमा रहेका अाइल्याण्ड भद्दा भएकाे समाचार समाधानमा बाराम्बार छापिएपछि स्थानीय प्रशासनले साेमबार राती लखनचाेककाे शालिक हटाएकाे छ ।
  • यसअघि चाइना चाेक हुँदै पृथ्वीचाेक कहलिएकाे यहाँ गणतन्त्रपछि लखन थापाकाे शालिक राखिएकाे थियाे ।
  • साँघुराे चाेकमा ठूलाे ठाउँ अाेगटेकाे यस स्थानमा प्रशासनले मध्यरातमा सुरक्षाकर्मी साथ लिएर अाइल्याण्ड र शालिक हटाएकाे हाे ।

पाेखराकाे बढी गुल्जार हुने चाेकमा रहेका अाइल्याण्ड भद्दा भएकाे समाचार समाधानमा बाराम्बार छापिएपछि स्थानीय प्रशासनले साेमबार राती लखनचाेककाे शालिक हटाएकाे छ । यसअघि चाइना चाेक हुँदै पृथ्वीचाेक कहलिएकाे यहाँ गणतन्त्रपछि लखन थापाकाे शालिक राखिएकाे थियाे । साँघुराे चाेकमा ठूलाे ठाउँ अाेगटेकाे यस स्थानमा प्रशासनले मध्यरातमा सुरक्षाकर्मी साथ लिएर अाइल्याण्ड र शालिक हटाएकाे हाे । शालिकले बढी ठाउँ ओगटेको भन्दै गएराति शालिक हटाइएको हो । शालिक हटाएर बेपत्ता पारिएको छ ।
शालिक हटाउने नभइ सानो साइजको आइल्याण्ड बनाएर शालिक पुनस्र्थापन गर्ने विषयमा पोखरा लेखनाथ महानगरपालिकाले यसअघि पनि छलफल चलाउँदै आएको थियो । मंगलबार बिहान पाेखरेलीले उक्त स्थान टुँडिखेलजस्ताे देखेपछि अचम्भित भएका थिए । नेपाल मगर संघले अान्दाेलनकाे दबाबमा उक्त स्थानमा प्रथम शहिद लखन थापाकाे शालिक राखेका थिए । तर, मंगलबार बिहानपछि उनीहरु अाक्राेशित भएका छन् । यद्यपि, सुरक्षा र साैन्दर्यका कारण र दशैंकाे माहाैलमा उनीहरुबाट विराेध भएकाे पाइएकाे छैन ।

अाम पाेखरेलीले भने स्थानीय प्रशासनकाे यस कामप्रति समर्थन गर्दै अन्यत्र रहेका भद्दा अाइल्याण्डसमेत हटाउन अाग्रह गरेका छन् । हालसम्म यसबारे पक्ष र विपक्षमा अाएका अभिमतहरु फेसबुककाे वालमा सिमित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आमनिर्वाचनको मौन अवधि सुरु, जुलुस निकाले २५ हजार जरिवाना
महिला हिंसासँगै बढ्यो पुरुष हिंसा पनि…
महिला हिंसासँगै बढ्यो पुरुष हिंसा पनि…
बालुवाटारमा लञ्च खाएर सुष्मा स्वराज स्वदेश प्रस्थान
बालुवाटारमा लञ्च खाएर सुष्मा स्वराज स्वदेश प्रस्थान
राजापाक्ष : दक्षिण एशियाकै शक्तिशाली राजनीतिक वंशको उदय र पतनको यात्रा
राजापाक्ष : दक्षिण एशियाकै शक्तिशाली राजनीतिक वंशको उदय र पतनको यात्रा
अभिलेख संरक्षणसम्बन्धी विधेयक स्वीकृत
अभिलेख संरक्षणसम्बन्धी विधेयक स्वीकृत
नेकपा प्रदेश तीनका अध्यक्ष दाहाललाई पितृशोक
नेकपा प्रदेश तीनका अध्यक्ष दाहाललाई पितृशोक
फेरि अस्पताल भर्ना प्रम अाेली ! सचिवालय भन्छ कस्ले भन्छ कुन्नि!
फेरि अस्पताल भर्ना प्रम अाेली ! सचिवालय भन्छ कस्ले भन्छ कुन्नि!
कास्कीका सबारी साधनमा आगो लगाई फरार व्यक्ति लेकसाईडको होटलबाट २ घन्टामा  पक्राउ
कास्कीका सबारी साधनमा आगो लगाई फरार व्यक्ति लेकसाईडको होटलबाट २ घन्टामा पक्राउ
कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको मृत्यु
कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको मृत्यु
संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो ; प्रधानमन्त्री
संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो ; प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?