पोखरा-लेखनाथ महानगरपालिकाको भरतपोखरी स्थित कोटभैरव मन्दिरमा फूलपाती भित्राइयो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ११, २०७४
|
|
२५ पटक हेरिएको
Shares
पोखरा-लेखनाथ महानगरपालिकाको भरतपोखरी स्थित कोटभैरव मन्दिरमा फूलपाती भित्राइयो

सारांश

  • पोखरालेखनाथ महानगरपालिका वडा नं ३३ भरतपोखरी स्थित मल्लकालिन कोटभैरव मन्दिरमा आज विधिवत् फूलपाती भित्राइएको छ ।
  • प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदा(घटस्थापना)का दिनदेखि घटस्थापना गरी विशेष पूजाआजा हुने उक्त मन्दिरमा आश्विन शुक्ल सप्तमी(फूलपाती)का दिन वरपरका बरमाझथर, बर धारापानी, आँपुभञ्ज्याङ्ग र बरपौवाबाट फूलपातेले(फूल संकलन गरी ल्याउने व्यक्ति)फुलपाति संकलन गरी मन्दिरमा लैजाने गर्दछन् ।
  • फूलपाति भित्राउनका लागि बरपौवामा रहेका मगर समूदायबाट दुई जना व्यक्तिलाई फूलपाते बनाइने र उनीहरूले गाउँगाउँबाट फूल तथा फलहरू संकलन गरी मन्दिरमा लैजाने प्रचलन छ ।

पोखरालेखनाथ महानगरपालिका वडा नं ३३ भरतपोखरी स्थित मल्लकालिन कोटभैरव मन्दिरमा आज विधिवत् फूलपाती भित्राइएको छ । प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदा(घटस्थापना)का दिनदेखि घटस्थापना गरी विशेष पूजाआजा हुने उक्त मन्दिरमा आश्विन शुक्ल सप्तमी(फूलपाती)का दिन वरपरका बरमाझथर, बर धारापानी, आँपुभञ्ज्याङ्ग र बरपौवाबाट फूलपातेले(फूल संकलन गरी ल्याउने व्यक्ति)फुलपाति संकलन गरी मन्दिरमा लैजाने गर्दछन् । फूलपाति भित्राउनका लागि बरपौवामा रहेका मगर समूदायबाट दुई जना व्यक्तिलाई फूलपाते बनाइने र उनीहरूले गाउँगाउँबाट फूल तथा फलहरू संकलन गरी मन्दिरमा लैजाने प्रचलन छ । फूलपाती संकलन गर्दा विभिन्न फूल, अदुवा, कुविण्डो, काँक्रो जस्ता फल लैजाने गरिन्छ ।

कोटभैरव मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले प्राचीन कालदेखि प्रचलित संस्कृतिलाई बचाइ राख्नका लागि नवदुर्गाका अवसरमा घटस्थापना, फूलपाती भित्राउने, कालरात्री गर्ने र विजयादशमीका दिन सामूहिक टिका प्रसाद लगाउने गरिएको जानकारी दिनुभयो । नवदुर्गा अवधिभर मन्दिरमा पूजाका लागि मगर र ब्राह्मण पूजारीले पूजा गर्ने परम्परा छ । फूलपाति भित्राउनु पूर्व भैरवटोलमा रहेको मैदानमा पाठाको बलि दिएर बाजागाजा र बडाइँका साथ मन्दिरमा फूलपाति लाने प्रचलन रहेको ब्राह्मण पूजारी बन्धुराज पौडेलले बताउनुभयो ।

मगर पूजारी दुर्गा बहादुर थापा मगरका अनुसार अघिल्लो रातमा खाना खाएर फूलपातीका दिन निराहार बस्ने फूलपातेले संकलन गरेको फूलको डोलीलाई बाजागाजाका साथ भित्राइने र त्यसलाई विजयादशमीका दिन प्रसादका रुपमा ग्रहण गर्ने गरिन्छ । कोटभैरब मन्दिर यस क्षेत्रकै अती प्राचीन तथा ऐतिहासिक मन्दिरका रुपमा रहेको बताउने कोटभैरव मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष सन्तबहादुर थापा यसको धार्मिक एवम् ऐतिहासिक महत्वलाई जोगाउनका लागि समूदाय एवम् राज्य दुबैको महत्वपूर्ण दायित्व भएको धारणा राख्नुहुन्छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?