बारामा एमाले उम्मेदबार सिफारिस
सारांश
- ९ असोज, बारा ।
- आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाका ४ बटा क्षेत्रबाट एमालेले उम्मेदबार सिफारिस गरेको छ ।
- केन्द्रीय कमिटीको परिपत्र अनुसार यही असोज १८ गते भित्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वयको बैठकबाट उम्मेदबार चयन गर्न दिइएको निर्देशन अनुसार प्रतिनिधिसभाका लागि उम्मेदबार चयन गरिएको हो ।
९ असोज, बारा । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाका ४ बटा क्षेत्रबाट एमालेले उम्मेदबार सिफारिस गरेको छ ।
केन्द्रीय कमिटीको परिपत्र अनुसार यही असोज १८ गते भित्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वयको बैठकबाट उम्मेदबार चयन गर्न दिइएको निर्देशन अनुसार प्रतिनिधिसभाका लागि उम्मेदबार चयन गरिएको हो ।
यसरी प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर १ बाट पूर्व मन्त्री पुषोत्तम पौडेल,एमाले नेता अच्युत मैनाली र प्रमिला चौधरी नाम सिफारीस गरिएको छ ।
क्षेत्रीय संयोजक ढुण्डिराज उप्रेतिको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नम्बर १ मा उम्मेदबार बनाउन सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट छठु प्रसाद यादबको नाम सर्वसहमतीले सिफारिस गरेको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिए ।
त्यसैगरी क्षेत्र नम्बर ३ मा क्षेत्रीय संयोजक बिक्रम ठाकुरको अध्यक्षतामा बसेको बैठकले एमाले नेता पुरुषोत्तम पौडेल,अध्यानन्द पाण्डे र बिना खडकालाइ उम्मेदबार बनाउन सिफारिस गरेको हो ।
एमाले नेता पौडेलको नाम क्षेत्र नम्बर १ र ३ बाट सिफारिस गरिएको छ ।
त्यसैगरी क्षेत्र नम्बर ४ का संयोजक मनोज पौडेलको अध्यक्षतामा बसेको बैठकले बारा क्षेत्र नम्बर ४ लागि देबनारायण चौधरी,नेजमा आलम र वीरेन्ऽप्रसाद साहलाई उम्मेदबार बनाउन सिफारिस गरेको छ ।
प्रदेशसभा क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बरबाट अमर यादबलाई सर्वसहमतीबाट उम्मेदबार बनाउन सिफारिस गरेको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिए ।
तर, पुरुषोत्तम पौडेलको हकमा ३ नम्बर छेत्रको छनौट प्रक्रियामा भएको मतदानमा अध्यानन्द पाण्डेले १५, पुरुषोत्तम पौडेलले १० र शिवनारायण साहले ९ मत पाएका थिए ।
तर, उनको नाम जिल्ला कमिटीले १ नम्बरबाट समेत सिफारिस गरिएको छ, जब कि १ नम्बरमा प्रमुख दाबेदारका रुपमा पूर्व बैकल्पिक केन्द्रय सदस्य अच्युत मैनाली प्रतिनिधि सभा सदस्यको लागि मुख्य दाबेदार हुन |
प्रतिक्रिया