नेपाल प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झन्डा !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २७, २०७४
|
|
३३ पटक हेरिएको
Shares
नेपाल  प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झन्डा !

सारांश

  • काठमाडौं ।
  • नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारत झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ ।
  • सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि भने पत्याउनै पर्ने हुन्छ ।

काठमाडौं । नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारत झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि भने पत्याउनै पर्ने हुन्छ ।

कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झन्डा (तिरंगा), ‘मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएका थुप्रै संकेत भेटिन्छन् । ती संकेत टोपीको भित्रपट्टी राखिएका छन् ।

अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ । आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्ता टोपी सुरक्षाकर्मीले वर्षौंदेखि शीरमा राख्दै आइरहेका छन् । उनीहरुलाई यसबारे जानकारी नभएर हो वा संगठनकै लापरवाहीले सुरक्षाकर्मीको स्वाभिमान गिराउने काम भएको छ ।

संगठनको तल्लो तहका जवान मात्रै होइन, प्रहरी अधिकृतले लगाएको टोपीमा समेत यस्ता संकेत भेटिएका छन् । प्रहरी संगठनले मातहतका सुरक्षाकर्मीका लागि टेण्डरमार्फत टोपीलगायत पोशाक खरिद गर्दै आएको छ।

प्रहरीको पोशाक भारतीय कम्पनीले उत्पादन गरेको मध्येबाट भित्रिने गरेको स्रोतले जनाएको छ। भारतीय कम्पनीले जानाजान यस्तो बदमासी गरेको स्रोतको दाबी छ। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगित
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगित
देशभर गाईजात्रा मनाइँदै
डीआइजी विवादले गृह मन्त्रालय र नेपाल प्रहरीबीच विवाद
डीआइजी विवादले गृह मन्त्रालय र नेपाल प्रहरीबीच विवाद
अपहृत बालकको हत्याः दुई अपहरणकारीको प्रहरीसँगको भिडन्तमा मृत्यु !
अपहृत बालकको हत्याः दुई अपहरणकारीको प्रहरीसँगको भिडन्तमा मृत्यु !
स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा ट्याक्सीमाण्डुका अर्जुन केसी बिजयी
स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा ट्याक्सीमाण्डुका अर्जुन केसी बिजयी
प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत र वडाध्यक्षमा २.९१ प्रतिशत मात्र महिला उम्मेदवार
प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत र वडाध्यक्षमा २.९१ प्रतिशत मात्र महिला उम्मेदवार
गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान परराष्ट्र मन्त्रालयको आग्रह
गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान परराष्ट्र मन्त्रालयको आग्रह
दुई नं प्रदेशमा मधेशवादी गठबन्धनको सरकार बन्ने महतोको दाबी
दुई नं प्रदेशमा मधेशवादी गठबन्धनको सरकार बन्ने महतोको दाबी
भारतमा भन्दा नेपालमा बढि चर्चित बनेका कन्हैया कुमार १ लाख ६६ हजार मतले पछाडि
भारतमा भन्दा नेपालमा बढि चर्चित बनेका कन्हैया कुमार १ लाख ६६ हजार मतले पछाडि
सोमबारको राशिफल
सोमबारको राशिफल

तपाईंले छुटाउनुभयो कि?