बिधुत चोरी गरी प्राधिकरण लुट्ने १६ जना कर्मचारी प्रहरीको खोरमा (नाम सुची सहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १०, २०७३
|
|
८२५ पटक हेरिएको
Shares
बिधुत चोरी गरी प्राधिकरण लुट्ने १६ जना कर्मचारी प्रहरीको खोरमा (नाम सुची सहित)

सारांश

  • विगत लामो समय देखि विशेषत: काठमाण्डौ उपत्यकाका उपत्यका वाहिरका जिल्लाहरुका दर्जनौ उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लजतथा व्यक्ति विषेशका घरहरुमा जडित विजुलीका मिटर बक्सहरुमाविद्युत प्राधिकरणका केही कर्मचारी, उद्योग व्यवसायीहरुको मिलेमतोमा विभिन्न उपकरणहरूको प्रयोग गरी गैर कानुनी रूपमा मिटर बक्सहरूको अंक घटाईविद्युत चुहावट गरी विद्युतको खपत बढाउनुका साथैप्रत्यक्ष रुपमा लोडसेडिङमा समेत प्रभाव पारी ठगी गर्ने कार्यमा संलग्न विद्युत प्राधिकरणका पूर्व तथा वाहालवाला कर्मचारी र व्यवसायीहरुलाई यस महाशाखाको प्रहरी टोलीले मिति २०७३।
  • १०।
  • ०९ गते काठमाण्डौ उपत्यका विभिन्न स्थानहरुबाट पक्राउ गरी आवश्यक कानुनी कारवाही सुरू गरिएको ।

विगत लामो समय देखि विशेषत: काठमाण्डौ उपत्यकाका उपत्यका वाहिरका जिल्लाहरुका दर्जनौ उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लजतथा व्यक्ति विषेशका घरहरुमा जडित विजुलीका मिटर बक्सहरुमाविद्युत प्राधिकरणका केही कर्मचारी, उद्योग व्यवसायीहरुको मिलेमतोमा विभिन्न उपकरणहरूको प्रयोग गरी गैर कानुनी रूपमा मिटर बक्सहरूको अंक घटाईविद्युत चुहावट गरी विद्युतको खपत बढाउनुका साथैप्रत्यक्ष रुपमा लोडसेडिङमा समेत प्रभाव पारी ठगी गर्ने कार्यमा संलग्न विद्युत प्राधिकरणका पूर्व तथा वाहालवाला कर्मचारी र व्यवसायीहरुलाई यस महाशाखाको प्रहरी टोलीले मिति २०७३।१०।०९ गते काठमाण्डौ उपत्यका विभिन्न स्थानहरुबाट पक्राउ गरी आवश्यक कानुनी कारवाही सुरू गरिएको । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको ।
पक्राउ व्यक्तिहरू :-
MeterAlter गर्ने मुख्य प्राविधिकहरू :
१. नाम : सुमन श्रेष्ठ
उमेर : ५० वर्ष
ठेगाना : का.जि.का.म.न.पा.वडा नं.२८
पेशा : नेपाल विद्युत प्राधिकरण, बालाजुको सुपर भाईजर
२. नाम : टहल बहादुर कार्की
उमेर : ५६ वर्ष
ठेगाना : जि.रामेछाप, ठोसे गा.वि.स.वडा नं.९
हाल : का.जि.का.म.न.पा.वडा नं.३४
पेशा : नेपाल विद्युत प्राधिकरणको पूर्व मेन्टिनेन्स

मिटर रिडरहरू :
३. नाम : महादेव प्रधान
उमेर : ५१ वर्ष
ठेगाना : जि.सर्लाही, हरिपुर-९
हाल : जि.मकवानपुर, हटौडा
पेशा : मिटर रिडर (नेपाल विद्युत प्राधिकरण, हेटौडा वितरण केन्द्र)
४. नाम : अच्युत खड्का
उमेर : ३९ वर्ष
ठेगाना : जि.सिन्धुपाल्चोक, सुनखानी गा.वि.स.वडा नं.२
हाल : का.जि.का.म.न.पा.वडा नं.३५ जडिवुटी
पेशा : ईलेक्ट्रिसियन (नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय, बानेश्वर)
५. नाम : दिल बहादुर साउद
उमेर : ५१ वर्ष
ठेगाना : जि.अछाम, भट्टाकाटिया गा.वि.स.वडा नं.५
हाल : का.जि.का.म.न.पा.वडा नं.३५ कोटेश्वर
पेशा : बरिष्ठ सहायक (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ )
६. नाम : ओम ढुंगाना
उमेर : ४८ वर्ष
ठेगाना : जि.नुवाकोट, चारघरे गा.वि.स.वडा नं.३
हाल : का.जि.नागार्जुन न.पा.वडा नं.२ रानीवन
पेशा : मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ )
७. नाम : श्याम बस्नेत
उमेर : ५० वर्ष
ठेगाना : जि.रामेछाप, सालुपाटी गा.वि.स.वडा नं.३
हाल : का.जि.का.म.न.पा.वडा नं.३४ शंखमुल
पेशा : मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ )
८. नाम : प्रदिप शर्मा
उमेर : ४६ वर्ष
ठेगाना : का.जि.नागार्जुन न.पा.वडा नं.१ रानीवन
पेशा : मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ )
९. नाम : सूर्य बहादुर थापा
उमेर : ३९ वर्ष
ठेगाना : जि.दाङ्ग, फूलवारी गा.वि.स.वडा नं.५
हाल : जि.ललितपुर, ईमाडोल
पेशा : मिटर रिडर (नेपाल विद्युत प्राधिकरण, लगनखेल)
१०. नाम : ठाकुर महर्जन
उमेर : ४४ वर्ष
ठेगाना : का.जि.का.म.न.पा.वडा नं.३४ बानेश्वर
पेशा : मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ )
११. नाम : मनिज श्रेष्ठ
उमेर : ४९ वर्ष
ठेगाना : का.जि.का.म.न.पा.वडा नं.१०
पेशा : मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ )
१२. नाम : भगवान पाण्डे
उमेर : ५४ वर्ष
ठेगाना : जि.भक्तपुर, नगरकोट न.पा.वडा नं.६
पेशा : नेपाल विद्युत प्राधिकरण, भक्तपुरको पूर्व सुपर भाईजर

उद्योग कलकारखानाका संचालकहरू :
१३. नाम : कुमार लामा
उमेर : ३२ वर्ष
ठेगाना : का.जि.गोकर्णेश्वर न.पा.वडा नं.१३
पेशा : पानी फ्याक्ट्री (मञ्जुश्री खानेपानी)
१४. नाम : तपन घोस
उमेर : ५१ वर्ष
ठेगाना : हाउडा जिल्ला उदयनारायणपुर थाना, भारत
हाल : का.जि.गौशाला
पेशा : मिठाई पसल संचालक
१५. नाम : परवेज आलम
उमेर : ४६ वर्ष
ठेगाना : मोतिहारी जिल्ला, पूर्वि चम्पारण भारत
हाल : का.जि.नक्साल
पेशा : कपास व्यापारी
१६. नाम : रमेश चुँडाल
उमेर : ३८ वर्ष
ठेगाना : जि.मोरङ, कोशिहैरचा न.पा. वडा नं.१२
हाल : का.जि.अनामनगर
पेशा : रामेश्वर मिठाई पसल संचालक

अपराध कार्य विधी :
• नेपाल विद्युत प्राधिकरणका विल रिडरहरुले उद्योग कलकारखाना तथा व्यक्ति विषेशका घरहरुमा गई मिटरमा उठेको रकम भन्दा कम अंकको विल बनाई मिटर रिडर र ग्राहक मिल्ने गरेको ।
• प्राधिकरणको वहालवाला र पूर्व टेक्निसियन तथा सुपरभाईजरले मिटर बक्सको सिल काटी मिटरमा उठेको अंकलाई विल बराबरको अंक उल्टोबाट घुमाई मिलाउने ।
• अंक मिलाए पश्चातः सिल वायर, सिल गोटीको प्रयोग गरी मिटरमा आफैले सिल लगाउदै आएको ।
• मिटरको सिल खोल्न र बन्द गर्न प्रयोग हुने उपकरणहरु सिल वायर, सिल गोटी, हुक, कटिङ पिलास, नोजल पिलास, पेन्चिस, चक्कु, मार्तोल, टेप तथा टर्च लाईट टेक्निसियन स्वयमले साथमै गैर कानुनी रुपमा राख्ने गरेको ।
• निजहरुले प्रत्येक दिन २० देखि २५ स्थानहरुमा उक्त कार्य गर्दै आएको भेटिएको ।

अनुसन्धानबाट खुल्न आएका कुराहरु :-
• विगत १२ वर्ष देखि विद्युत चुहावट गरी ठगी गर्ने कार्यमा संलग्न हुदै आएको ।
• मिटर रिडरले मिटर रिड गरे पछि मिटरमा उल्लेखित युनिट भन्दा कम युनिटको विल वनाउने गरेको ।
• ४।५महिनासम्म कम युनिटको विल बनाएपछि ग्राहकले टेक्निसियन कर्मचारी बोलाएर मिटरको युनिट अंक घटाउन लगाउने ।
• टेक्निसियनको कर्मचारीले मिटर बक्सलाई उनिहरुकै घरमासमेत लगेर मिलाई पुनःजडान गर्ने गरेको ।
• मिलाएको युनिटको आधा रकम ग्राहकले र आधा रकम मिटर रिडर, टेक्निसियन कर्मचारी तथा पुरानो मिटर रिडरले समेत बाँडफाड गरी लिने गरेको ।
• यस्तो कार्य बढी विद्युत खपत हुने उद्योग, कलकारखाना तथा व्यक्ति विषेशका घरहरुमा गरिएको देखिएको ।
• निजहरुले उक्त कार्य गरे वापत विभिन्न उद्योग कलकारखानाबाट दैनिक तथा मासिक रुपमा मोटो रकम लिदै आएको ।

पक्राउ परेका प्राधिकरण कर्मचारीका साथबाट पेरुडुवा कम्पनीको ब ५ च   ३४५१ नम्बरको गाडी समेत बरामद गरेको छ, र कर्मचारीले गाडीको डिक्कीमा मिटर बिगार्ने सामाग्री राखी अस्थायी बिधुत प्राधिकरण नै तयार पारी राज्यलाई लामो समय देखि ठग्दै आएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?