देउवासहित कांग्रेसका २२ नेताको उम्मेदवारी टुंगियो, को कहाँ ? (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
५२ पटक हेरिएको
Shares
देउवासहित कांग्रेसका २२ नेताको उम्मेदवारी टुंगियो, को कहाँ ? (सूचीसहित)

सारांश

  • १० कात्तिक, काठमाडौं ।
  • नेपाली कांग्रेसले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि २२ उम्मेदवारको टुंगो लगाएको छ ।
  • कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको संसदीय समितिको बैठकले शीर्षसहित २२ नेताको उम्मेदवारी टुंगो लगाएको हो ।

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि २२ उम्मेदवारको टुंगो लगाएको छ ।

कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको संसदीय समितिको बैठकले शीर्षसहित २२ नेताको उम्मेदवारी टुंगो लगाएको हो ।कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवालाई डडेल्धुरा– १ को उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ–१ को उम्मेदवार बनाएको छ । देउवा यसअघिका निर्वाचनमा डडेल्धुरासँगै कैलालीबाट समेत उम्मेदवार बन्दै आएका थिए भने पौडेल विगतका निर्वाचनमा पनि तनहुँबाटै उम्मेदवार बनेका थिए ।कांग्रेसले अधिकांश नेतालाई गृह जिल्लाबाट खडा गरेको छ भने केहीलाई नयाँ क्षेत्रको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै महामन्त्री डा शशाङ्क कोइराला नवलपुर क्षेत्र नं १, नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १, गोपालमान श्रेष्ठ स्याङ्जा क्षेत्र नं २, विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ र विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट उम्मेदवार बनेका छन् ।

पूर्णबहादुर खड्कालाई कांग्रेसले सुर्खेत–१ को उम्मेदवार बनाएको छ । महेश आचार्य मोरङ क्षेत्र नं ४, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं ४, रमेश रिजाल पर्सा क्षेत्र नं ४, डा नारायण खड्का उदयपुर क्षेत्र नं १, डा मीनेन्द्र रिजाल मोरङ क्षेत्र नं २ बाट भिड्ने भएका छन् । नुवाकोटका डा प्रकाशशरण महतलाई यसपटक काठमाडौं क्षेत्र नं ५ को उम्मेदवार बनाइएको छ । यो क्षेत्रमा यसअघि नरहरि आचार्य विजयी भएका थिए । नरहरि अस्वस्थ भएपछि महतलाई यो क्षेत्रको उम्मेदवार बनाइएको हो ।

फरमुल्लाह मन्सुर बारा क्षेत्र नं ३, एनपी साउद कञ्चनपुर क्षेत्र नं २ र अर्जुनप्रसाद जोशी पर्वत क्षेत्र नं १ बाट उम्मेदवार बन्नेछन् ।

यसैगरी डा शेखर कोइराला मोरङ क्षेत्र नं ६, नवीन्द्रराज जोशी काठमाडौँ क्षेत्र नंं ८, गगनकुमार थापा काठमाडौँ क्षेत्र नं ४, रमेश लेखक कञ्चनपुर क्षेत्र नं ३ र नारायणबहादुर कार्की उदयपुर क्षेत्र नं २ बाट उम्मेदवार बन्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

२०७४ कार्तिक १० गते ७:१५ मा प्रकाशित

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रूसको मस्को जाँदै गरेको यात्रुवाहक विमान अफगानिस्तानमा दुर्घटना
रूसको मस्को जाँदै गरेको यात्रुवाहक विमान अफगानिस्तानमा दुर्घटना
मेस्सीको गोलसँगै फ्रेन्च लिगमा पिएसजीको अग्रता कायमै
मेस्सीको गोलसँगै फ्रेन्च लिगमा पिएसजीको अग्रता कायमै
पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत
पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत
चर्चित पत्रकार दुर्गानाथ शर्माकाे निधन
चर्चित पत्रकार दुर्गानाथ शर्माकाे निधन
सधैं कंगनाविरुद्ध बोल्ने करण जोहर किन एकाएक फेरिए ?
सधैं कंगनाविरुद्ध बोल्ने करण जोहर किन एकाएक फेरिए ?
कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल
कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल
पार्टी विवादबारे बोले वामदेव गौतम – ‘चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ’
पार्टी विवादबारे बोले वामदेव गौतम – ‘चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ’
कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु
कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु
तारकेश्वर-काठमाडौं सम्पर्क समिती गठन गरिने
तारकेश्वर-काठमाडौं सम्पर्क समिती गठन गरिने
‘चपली हाइट’ की बोल्ड नायिका बिनिता बराल विवाह बन्धनमा
‘चपली हाइट’ की बोल्ड नायिका बिनिता बराल विवाह बन्धनमा