राजदूतबाट राजीनामा दिएर राजनीतिमै सक्रिय हुने निर्णय लिएको हुँ ।”दीपकुमार उपाध्याय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
राजदूतबाट राजीनामा दिएर राजनीतिमै सक्रिय हुने निर्णय लिएको हुँ ।”दीपकुमार उपाध्याय

सारांश

  • भारतका लागि नेपाली निवर्तमान राजदूत दीपकुमार उपाध्यायले अहिले वाम गठबन्धनसँग कांग्रेस आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
  • राजदूतबाट राजीनामा दिएर राजनीतिमै फर्किएका   क्रममा भने, “वाम गठबन्धनलाई लागेको छ, हामीले हात उठाएपछि सबै मत घोप्टिएर एकै ठाउँमा पर्नेछ ।
  • तर त्यस्तो हुँदैन ।

भारतका लागि नेपाली निवर्तमान राजदूत दीपकुमार उपाध्यायले अहिले वाम गठबन्धनसँग कांग्रेस आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

राजदूतबाट राजीनामा दिएर राजनीतिमै फर्किएका   क्रममा भने, “वाम गठबन्धनलाई लागेको छ, हामीले हात उठाएपछि सबै मत घोप्टिएर एकै ठाउँमा पर्नेछ । तर त्यस्तो हुँदैन । जनताले के का लागि गठबन्धन भन्ने बुझिसकेका छन् । त्यसैले पनि अहिले कांग्रेस आत्तिहाल्निुपर्दैन ।”

उनले नेपालमा लोकतन्त्र संकटमा रहेको बताउँदै लोकतान्त्रिक विचारधारामा रहनेहरु एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताए ।

“अहिले मुलुकमा लोकतन्त्र संकटमा परेको छ,” उनले भने, “यसलाई जोगाउन पनि जो जहाँ छ, त्यहाँबाट सहयोग गर्नुपर्ने अवस्था छ । कांग्रेसमा नरहेका तर लोकतन्त्रमा विश्वास गर्नेहरु सबै एकै ठाउँमा उभिनुपर्ने अवस्था छ । त्यसका लागि पनि मैले राजदूतबाट राजीनामा दिएर राजनीतिमै सक्रिय हुने निर्णय लिएको हुँ ।”

उनले आफू निश्चित उद्देश्य लिएर भारत गएको बताउँदै उद्देश्यअनुसार काम पूरा गरेको पनि बताए ।

“म राजदूत हुने बेलामा नेपाल र भारतबीच विश्वासको संकट परेको थियो,” उनले भने, “त्यो संकट समाधान गर्ने उद्देश्यले म भारतमा राजदूत भएर गएको हुँ । सुशील कोइराला र डा. रामवरण यादवसँगको छलफलपछि म गएको थिएँ । त्यहिअनुसार नै विश्वासको संकट कम पनि भयो ।”

उनले नेपाली राजनीतिमा डन हाबी भएको पनि बताए ।

“कांग्रेसमा मात्रै होइन, अन्य पार्टीमा पनि त्यही अवस्था छ,” उनले भने, “टिकट दिए दिनुस् नभए अर्को पार्टीबाट उठेर भए पनि चुनाव जित्छु भन्ने व्यक्ति हाबी भएका छन् । राजनीति यसरी चल्दैन । यसमा सुधार आउनैपर्छ ।”

उनले आफू कपिलबस्तुबाटै चुनाव लड्न चाहेको पनि धारणा राखे । “पार्टीले मुल्यांकन गर्ने कुरा हो । मलाई पार्टीले जहाँ राख्न खोज्छ म त्यहाँ रहन तयार छु । म सधैं जनताको सेवामा रमाउने भएको हुँदा अहिले नै सबै विषयमा विवाद गर्ने पक्षमा छैन ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?