किन कापे बर्दियामा महिला-पुरुष

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
२० पटक हेरिएको
Shares
किन कापे बर्दियामा महिला-पुरुष

सारांश

  • बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका स्थित नगरभवनमा आयोजित एक कार्यक्रममा महिला पुरुष काँपेका छन्।
  •  कैलालीको टिकापुर बजार निवासी मदन कँवरले उद्धार शिविर सञ्चालन गरेको आयोजक टीमका एक सदस्य गोपाल सुनारले वताए।
  • उनले भने, ‘उद्धार शिविरमा आउने विभिन्न रोगीहरु निको भएर जान्छन् ।

बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका स्थित नगरभवनमा आयोजित एक कार्यक्रममा महिला पुरुष काँपेका छन्।  कैलालीको टिकापुर बजार निवासी मदन कँवरले उद्धार शिविर सञ्चालन गरेको आयोजक टीमका एक सदस्य गोपाल सुनारले वताए। उनले भने, ‘उद्धार शिविरमा आउने विभिन्न रोगीहरु निको भएर जान्छन् । सुगर, प्रेसर लगायतका धेरै विरामीहरु निको भएको उनको दावी छ।अर्चनावावा धाम कैलालीको आयोजनामा सञ्चालित उद्धार शिविरका सहभागी महिला पुरुषहरु साँगीतिक भजनको तालमा काँपेका हुन्। 

कार्यक्रम सम्वोधन गर्दै कँवरले भने भुत, प्रेत लागेका व्यक्तीहरु शिविरमा काप्ने गरेका हुन्। उनले अगाडी भने शिविरमा आएका मानिसहरुका रोगव्याध अर्चनावावाको आराधना मार्फत निको हुन्छ। विहिवार देखि शुरु भएको शिविर सोमवार सकिने जनाईएको छ । विहान ११ वजे देखि वेलुकी ५ वजेसम्म कार्यक्रम सञ्चालन भैरहेको छ।

एक्काईसौ शताव्दीमा अर्चनावावा नाममा गरिएको झारफुकको कुनै तुक नरहेको स्थानिय दिपकलाल श्रेष्ठले वताए। उनले भने, ‘झारफुकको बहानामा धर्म परिवर्तन लगायत भित्री रुपमा अवैधानिक कृयाकलाप हुने पाईएकाले स्थानिय प्रशासनले त्यस्ता गतिविधिको निगरानी गर्नुपर्छ । समाजमा भैरहेका विकृति रोक्न सवै लाग्नुपर्ने उनको भनाई छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?