ब्ल्याक वाटर रेस्टो एन्ड बारको तेस्रो शाखा न्यूरोडमा
सारांश
- काठमाडौं ।
- ब्ल्याक वाटर रेस्टो एन्ड बारको तेस्रो शाखा न्यूरोडस्थित न्यूरोड कम्प्लेक्समा सञ्चालनमा आएको छ ।
- ठमेलको चाक्सीबारी मार्गमा २०१४ मा स्थापना भएको यसको दोस्रो शाखा भने बानेश्वरमा छ ।
काठमाडौं । ब्ल्याक वाटर रेस्टो एन्ड बारको तेस्रो शाखा न्यूरोडस्थित न्यूरोड कम्प्लेक्समा सञ्चालनमा आएको छ । ठमेलको चाक्सीबारी मार्गमा २०१४ मा स्थापना भएको यसको दोस्रो शाखा भने बानेश्वरमा छ ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलले तेस्रो शाखाको उद्घाटन गरे । पौडेल चन्द्रागिरी हिल्सका संचालक, तथा हाथवे इन्भेष्टमेन्ट कम्पनीका संस्थापक अध्यक्ष पनि हुन् ।
-उद्घाटन पछि पौडेलले मानिस आफ्नो अनुभव र मेहेनतले सफल हुने चर्चा गर्दै ब्ल्याक वाटर टिमलाई सफलताको शुभकामना दिए ।
-कफि पिज्जा तथा विभिन्न खाजाको बढ्दो मागअनुसार ठमेल र बानेश्वरपछि न्यूरोडमा शाखा सञ्चालनमा ल्याइएको ब्ल्याक वाटरका अध्यक्ष सुरेश महर्जनले बताए ।
विशेषता
-प्रोब्याब्ली दि बेस्ट पिज्जा इन टाउन को नाराका साथ इटालिन थिन क्रस्ट पिज्जालाई मुख्य परिकारको रुपमा चिनाउँदै आएको छ ।
-नेपाली ताजा (अर्गानिक) कफीको स्वाद लिन सकिन्छ ।
-कन्टिनेन्टल, इटालिएन र मेक्सिकन लगायत स्वदेशी तथा विदेशी परिकारको स्वाद लिन सकिन्छ ।
-सुपथ मूल्यमा गुणूस्तरीय, स्वादीलो तथा स्वास्थ्यकर खानाको परिकार यसको विशेषता हो ।

कसरी स्थापना भयो ?
-स्वदेश तथा विदेशमा होटलसम्बन्धी विभिन्न अनुभव हाँसील गरेका व्यक्तिहरुले ब्ल्याक वाटर सञ्चालन गरेका हुन् ।
-विदेशमा सिकेको सीपलाई नेपालमै सदुपयोग गर्ने सबैको उदेश्य थियो ।
-नेपाल फर्किएपछि संयोयवश एउटा टिम बन्यो, कुरा मिल्यो र ब्ल्याक वाटर स्थापना भयो ।
ब्ल्याक वाटरको अर्थ
अफगानिस्तानमा यूएन अन्तर्गत रहेको एउटा क्याम्पको नाम black water थियो ।
ब्ल्याक वाटर रेस्टो एन्ड बार सञ्चालमध्येका एक सदस्य वैदेशीक रोजगारीको सिलसिलामा त्यहाँ पुगेका थिए । उनललाई यो नाम ‘खास’ लाग्यो ।
यसको अर्थ ‘कालापानी हुन्छ’ । जस्को नेपालमा ऐतिहासिक महत्व पनि छ ।
पछि नेपाल आएर रेस्टुरेन्टको नाम के राख्ने भन्ने सन्दर्भमा, सबै साथीबीच सल्लाह गर्दा यही नाम राख्ने सहमति भयो ।
भावी योजना
ब्ल्याक वाटर थप विस्तार गर्ने सोचमा रहेको अध्यक्ष सुरेश महजृनले बताए । उनले भने, ‘रेष्टुरेण्टमा मात्र सिमित नरहि बैंक्वेट तथा पार्टि प्यालेस पनि संचालनमा ल्याउने योजनामा छौं । काठमाडौं बाहिर पनि व्यवसाय विस्तार गर्ने हाम्रो योजना छ ।’
प्रतिक्रिया