वारेसनामामार्फत प्रधानमन्त्री देउवाले डडेल्धुराबाट उम्मेदवारी दिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
३९ पटक हेरिएको
Shares
वारेसनामामार्फत प्रधानमन्त्री देउवाले डडेल्धुराबाट उम्मेदवारी दिए

सारांश

  • १६ कात्तिक, डडेल्धुरा ।
  • प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वारेसनामामार्फत डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
  • प्रधानमन्त्री देउवाको वारेसनामा दिएर उनकै पूर्व स्वकीय सचिव गणेश पन्तले उम्मेदवारी दर्ता गराएका हुन् ।

१६ कात्तिक, डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वारेसनामामार्फत डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

प्रधानमन्त्री देउवाको वारेसनामा दिएर उनकै पूर्व स्वकीय सचिव गणेश पन्तले उम्मेदवारी दर्ता गराएका हुन् ।

पन्तले दिउँसो १ बजे उमेदवारी दर्ता गराएका हुन् । यसअघि आफैं उमेदवारी दर्ता गराउन आउने तयारी गरेका देउवा बिहीबार बिहानसम्म पनि उम्मेदवार छिनोफानो गर्न व्यस्त भएपछि वारेसनामा पठाएको उनको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसबाट प्रदेशसभा ‘क’मा कार्यसमितिका पूर्वसभापति रघुवर भट्टले उम्मेदवारी दर्ता गराएका छन । यस्तै प्रदेश ‘ख’बाट वर्तमान पार्टी सभापति कर्णबहादुर मल्लले उम्मेदवारी दर्ता गरेका छन् ।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादीका तर्फबाट खगराज भट्टले उम्मेदवारी दिएका छन् । प्रदेशतर्फ ‘क’बाट पठानसिंह बोहोरा र ‘ख’बाट डाक्टर तारा जोशीले उम्मेदवारी दिएका छन् । उनीहरु दुवै एमालेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?