हुम्लामा आधिकारिक ज्वाइ र विद्रोही ससुराबीच रोचक भिडन्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
हुम्लामा आधिकारिक ज्वाइ र विद्रोही ससुराबीच रोचक भिडन्त

सारांश

  • मैले छाडेको छैन: छिमीदोर्जे रातारात ज्वाइको मन बदिलियो : छक्कबहादुर काठमाडौ २० कार्तिक।
  • हुम्लामा बामगठन्धनको तर्फबाट उम्मेदवार बनेका छिमीदोर्जे लामा ‘आशाकर’ले आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन्।
  • बागी उम्मेदवार दिएका छक्कबहादुर लामालाई छिमीले छाडेको समाचारहरु आएपछि उनले त्यसको खण्डन गरेका छन्।

मैले छाडेको छैन: छिमीदोर्जे

रातारात ज्वाइको मन बदिलियो : छक्कबहादुर

काठमाडौ २० कार्तिक।

हुम्लामा बामगठन्धनको तर्फबाट उम्मेदवार बनेका छिमीदोर्जे लामा ‘आशाकर’ले आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन्। बागी उम्मेदवार दिएका छक्कबहादुर लामालाई छिमीले छाडेको समाचारहरु आएपछि उनले त्यसको खण्डन गरेका छन्।

‘आधिकारिक उम्मेदवार मै हुँ । बागीलाई छाडेको छैन। पार्टी निर्णयविरुद्ध जानु भएका उहाँलाई कारवाही गर्ने निर्णय भएको छ’ छिमीले शिखर न्युजसँग भने । लामाले आइतबार दुवै पक्षबीच भएको छलफलपछि छिमीले छाड्ने सहमति भएपनि रातारात धारणा परिवर्तन गरेको बताए ।

‘जिल्ला समन्वय समितिका प्रमुखको घरमा भएको कार्यक्रममा मलाई छाड्ने कुरा गर्नु भएको थियो’ लामाको दावी थियो, ‘ज्वाइँको मन रातारात कसरी भो थाहा भएन ।‘ अन्तिम पटकका लागि सहयोग गर्न आग्रह गरेपछि छिमी त्यसका लागि तयार भएको छक्कबहादुरको दावी छ।

’६० वर्ष पुगिसके उहाँको उमेर पनि छ यो अन्तिम पटक हो छाडिदिनु भनेको थिए उहाँले मान्नु पनि भयो’ भएको थियो ।

ज्वाइ ससुरा छिमी – छक्कबहादुर दुवै प्रतिस्पर्धा जाने भएका तयारीमा छन्। माओवादी केन्द्रको पोलिटब्युरो सदस्य समेत रहेका छक्कबहादुरको कलम चुनाव चिन्ह रहेको छ।

‘चुनाव भनेको जनताले मन पराएको मानिसले जित्ने हो’ छक्कबहादुर भने, ‘जनताले मलाई मन पराएका छन् । दोस्रो संविधानसभा चुनावमा छिमीले अन्तर्घात गरेर हराए ।‘  छक्कबहादुरले केन्द्रिय सर्कुलर भन्दा बाहिर गएर छिमीले उम्मेदवार भएको बताए। दुबै नेताको उम्मेदवारी कायम रहेपछि केन्द्रले पोलिटब्युरो सदस्य धर्मजीत बुढाथोकीलाई समस्या समाधान गर्न पठाएको थियो। तर उनको प्रयास पनि असफल भएको छ।  छक्कबहादुर पहिलो संविधानसभामा हुम्लाबाट निर्वाचित भएका थिए।

छक्कबहादुर जनमोर्चाबाट माओवादीमा हुन भने छिमी सशस्त्रद्वन्द्वको समयदेखि माओवादीमै छन् । छक्कबहादुरकी छोरी पेमा र छिमीबीच सशस्त्रको द्वन्द्वमा विवाह भएको थियो। स्कुलमै पढ्दै गर्दा सशस्त्र द्वन्द्वमा लागेकी पेम्वा नेपाली सेनाको कारवाहीमा २०५९ सालमा मुगुमा मारिएकी थिइन्।

स्थानीय तहको चुनावमा सबैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। हुम्लामा पहिलो चरणमा मंसिर १० गते चुनाव हुँदैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?