८८ किलो सुन तस्करीका नाइकेको दुईवटा होटेल, ठूलो मात्रामा अवैध डलरको कारोबार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २०, २०७४
|
|
४६ पटक हेरिएको
Shares
८८ किलो सुन तस्करीका नाइकेको दुईवटा होटेल, ठूलो मात्रामा अवैध डलरको कारोबार

सारांश

  • काठमाडौं ।
  • ८८ किलो सुन तस्करीका नाइके चिनियाँ नागरिक जिया क्विङ नै भएको प्रहरीको ठहर छ ।
  • उनकी श्रीमती जेन सुहुई र बाबु जान ग्वा पनि नेपालमै बस्दै आएका छन् ।

काठमाडौं । ८८ किलो सुन तस्करीका नाइके चिनियाँ नागरिक जिया क्विङ नै भएको प्रहरीको ठहर छ । उनकी श्रीमती जेन सुहुई र बाबु जान ग्वा पनि नेपालमै बस्दै आएका छन् ।

क्षेत्रपाटीबाट करिब तीन सय मिटर पश्चिमतर्फको सडकछेउबाट महानगरीय अपराध महाशाखाबाट डिएसपी प्रजित केसी नेतृत्वको टोलीले सो गाडी नियन्त्रणमा लिई चालक अधिकारीलाई पक्राउ गरेपछी अधिकारीले सो सुन होटेलका मालिकको भएको भन्दै ठमेलको काठमाडौं वान होटेलमा लिएर गएका थिए ।

त्यहीँ केही व्यक्तिलाई नियन्त्रणमा लिए पनि प्रहरीले सोधपुछपछि छाडिदिएको थियो । मुख्य तस्कर चिनियाँ नागरिक भएको र उनीहरूको खोजी भइरहेको महाशाखाका एसएसपी दिबेश लोहनीले बताए । चिनियाँ नागरिक जिया क्वाङले सो गाडी क्षेत्रपाटीको जेनजोन होटेलबाट ठमेलको काठमाडौं होटेलमा पुर्याउन जिम्मा दिएका थिए । त्यसैका लागि चालक अधिकारी बिहान साढे २ बजे त्यहाँ पुगेका थिए । गाडी कुरेर बसेको वेला प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिहान ३ बजे सुन बरामद गरेकोमा प्रहरीले ९ बजे मात्र सार्वजनिक गरेको थियो । जसकारण सुन तस्कर भाग्न सफल भएका हुन् । सुन तस्करीमा होटेल वानका सञ्चालक रहेका चिनियाँ दम्पतीसमेत संलग्न रहेको गाडी चालक अधिकारीले प्रहरीलाई बताएका छन् । सो गिरोहमा काठमाडौंका सुन पसले तथा भारतीय व्यापारीहरूसमेत संलग्न रहेको प्रहरी आशंका छ । स्रोतका अुनसार सो समूहले ठमेलमा ठूलो मात्रा अवैध डलरको कारोबारसमेत गर्दै आएको छ । सुन बरामद भएपछि तीनैजना फरार भएका छन् । आइतबार बेलुका उनीहरू र्याडिसन होटेलमा बसेका थिए । उनीहरूको काठमाडौंमा दुईवटा होटेल छ ।

क्षेत्रपाटीमा रहेको जिनजोङ होटेल श्रीमतीको नाममा छ । त्यस्तै, काठमाडौं वान होटेल भने अर्को व्यक्तिलाई जिम्मा दिएर चलाउँदै आएका छन् । बिजनेस भिसामा नेपालमा बसेर उनीहरूले सुन तस्करी गर्दै आएको प्रहरी स्रोत बताउँछ । हरेक साता केरुङ जाने गाडी उनी आफैँले चलाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।नयाँ पत्रीकाबाट

(whatthefab.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा सचिवालय बैठक सुरु: ओली पक्षधर कोही पनि गएनन्, बादल पनि अनुपस्थित्
नेकपा सचिवालय बैठक सुरु: ओली पक्षधर कोही पनि गएनन्, बादल पनि अनुपस्थित्
नेपाल कम्युनिस्ट पार्टी’ :  सचिवालयमा महिला नपरेकोमा नेत्रीहरूद्वारा असन्तुष्टि
नेपाल कम्युनिस्ट पार्टी’ : सचिवालयमा महिला नपरेकोमा नेत्रीहरूद्वारा असन्तुष्टि
कर्णाली प्रदेश : बाढी पहिरोमा परी ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घरपरिवार विस्थापित
कर्णाली प्रदेश : बाढी पहिरोमा परी ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घरपरिवार विस्थापित
वरियता मिचिएको विषयमा खनालले प्रचण्ड र ओलीसँग जवाफ माग्ने
वरियता मिचिएको विषयमा खनालले प्रचण्ड र ओलीसँग जवाफ माग्ने
४० यात्रु बोकेर बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना
४० यात्रु बोकेर बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना
टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना
टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय
आजदेखि भारतबाट ३८ रुपैयाँ प्रति युनिट बिजुली किन्दै
आजदेखि भारतबाट ३८ रुपैयाँ प्रति युनिट बिजुली किन्दै
अन्तर्राष्ट्रिय गैससहरु स्थानीय सरकारको सहयोगी बन्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय गैससहरु स्थानीय सरकारको सहयोगी बन्नुपर्नेमा जोड
कांग्रेसका उम्मेदवारःदेउवा सरकार ढाल्नेदेखि मुख्यमन्त्रीका दाबेदारसम्म
कांग्रेसका उम्मेदवारःदेउवा सरकार ढाल्नेदेखि मुख्यमन्त्रीका दाबेदारसम्म