सन्ध्या फाउण्डेसन को उद्घाटन ।

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
सन्ध्या फाउण्डेसन को उद्घाटन ।

सारांश

  • उद्योग राज्य मन्त्रि रेशम लामाले बुधवार जुम्लामा  सन्ध्या फाउण्डेसनको उद्घाटन गरेका छन ।
  • दुई वर्ष अघि क्यान्सर को कारण मृत्यू भएकि जुम्ला कि स्वर्गिय सन्ध्या शाही को जन्म दिन पारेर लामाले उक्त फाउण्डेसन को उद्घाटन गरे ।
  • उद्घाटनमा बोल्दै लामा ले अब कसैले पनि क्यान्सर बाट मृत्यूवरण गर्न नपरोस र राज्यले स्वास्थ्य क्षेत्रलाइ प्रभावकारि रुपमा कार्यक्रमहरु लगु गर्नुपर्ने बताए ।

उद्योग राज्य मन्त्रि रेशम लामाले बुधवार जुम्लामा  सन्ध्या फाउण्डेसनको उद्घाटन गरेका छन ।
दुई वर्ष अघि क्यान्सर को कारण मृत्यू भएकि जुम्ला कि स्वर्गिय सन्ध्या शाही को जन्म दिन पारेर लामाले उक्त फाउण्डेसन को उद्घाटन गरे ।
उद्घाटनमा बोल्दै लामा ले अब कसैले पनि क्यान्सर बाट मृत्यूवरण गर्न नपरोस र राज्यले स्वास्थ्य क्षेत्रलाइ प्रभावकारि रुपमा कार्यक्रमहरु लगु गर्नुपर्ने बताए । लामाले भने अरु सन्ध्या शाही जस्ता आम जनताले समयमै उपचार नपायर मृत्यु हुन नपरोस र यो फाउण्डेसन ले सो कार्य गरोस ।


कार्यक्रम मा फाउण्डेसनका अध्यक्ष अँगतप्रसाद देवकोटाले बिगत देखि फाउण्डेसनले स्वास्थ्य शिविर , सामाजिक कार्यहरु गर्दै आईरहेको तर कार्तिक २२ गते स्वर्गिय शाहीको जन्मदिन परेको हुदा र माननीय मन्त्रिज्यु को उपस्थितिमा विधिवत उद्घाटन गरियको बताए ।


त्यसैक्रममा मन्त्रि लामाले लोकल स्याउ बाट बनेको जुम्लामा स्थापना भएको स्थानिय वाईन उद्योग को अवलोकन गरेको मन्त्रिका स्वकिय सचिव जनक फडेराले बताए ।


अवलोकन का क्रममा स्थानिय उद्यमिहरुले उद्योग संचालन गरेतापनि  बजारको अभावका कारण सोचेजस्तो व्यापार नहुने गुनासो पोखेका थिए ।
जुम्लामा रहेका घरेलु उद्योगको अवलोकन गर्न बुधवार जुम्ला पुगेको र आजै काठ्माण्डौ फर्किने स्वकिय सचिव फडेराले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?