अनुराधा कोइराला कांग्रेसमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २६ कात्तिक ।
  • ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्।
  • प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच कोइरालालाई पार्टीमा स्वागत गरे।

काठमाडौं, २६ कात्तिक । ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच कोइरालालाई पार्टीमा स्वागत गरे।

चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक बृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको बताउदै पार्टी प्रवेश गरेको कांग्रेसले जनाएको छ ।

‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो’ कोइरालाले पार्टी प्रवेश पछि भनिन्, ‘लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ ।’

न सक्ने नीति बोकेको कांग्रेसलाई मतदान गर्न अपील गर्दछु’ कोइरालाले भन्नुभयो ।

सामाजिक क्षेत्रमा लामो समय योगदान गर्नुभएको कोइराला अहिले कांग्रेसको पक्षमा मतदान गरेर महिला, दलित, जनजाति, मधेसी लगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्नुपर्ने बताइन् ।

‘अब जनताले बुझ्नुपर्ने बेला आएको छ, सबैका अधिकार कांग्रेस नेतृत्वमा बन्ने सरकारले मात्रै दिलाउन सक्छ’ उनले भनिन्, ‘त्यसैले संविधान कार्यन्वयनको चुनौतीपूर्ण अहिलेको अवस्थामा कांग्रेसको पक्षमा मतदान गरेर ६ दशकदेखिको राजनीतिक संक्रमण अन्त्य गर्नुपर्छ।’

२०५९ सालमा राजा ज्ञानेन्द्र देउवालाई चुनाव गराउन असक्षम भएको भन्दै अपदस्थ गरेपछि लोकेन्द्रबहादुर चन्दको नेतृत्वको सरकारमा कोइराला मन्त्री भएकी थिइन्।

(www.udenar.edu.co)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपाल र झलनाथ खनाल सहितका ११ नेता पार्टीबाट निष्काशित
माधव नेपाल र झलनाथ खनाल सहितका ११ नेता पार्टीबाट निष्काशित
कोरोना भाइरस नेपालमा देखिएको छैन : उच्च सतर्कताको तयारीमा सरकार
कोरोना भाइरस नेपालमा देखिएको छैन : उच्च सतर्कताको तयारीमा सरकार
लतिला निवास प्रकरण : पक्राउ परेका दुई जना छुटे
लतिला निवास प्रकरण : पक्राउ परेका दुई जना छुटे
चिया मजदुरको तलब दुई दिनभित्र दिन मन्त्री विष्टको निर्देशन
चिया मजदुरको तलब दुई दिनभित्र दिन मन्त्री विष्टको निर्देशन
शेर्पा विद्यार्थी संघको १२औँ महाधिवेसन सम्पन्न, डेमा छिरिङ बनिन् नयाँ अध्यक्ष
शेर्पा विद्यार्थी संघको १२औँ महाधिवेसन सम्पन्न, डेमा छिरिङ बनिन् नयाँ अध्यक्ष
एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ
एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ
न्यायपरिषद्लाई नेपाल बारको चेतावनीः यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौं
न्यायपरिषद्लाई नेपाल बारको चेतावनीः यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौं
ब्यारेकका लागि स्थान पाएन सशस्त्रले
ब्यारेकका लागि स्थान पाएन सशस्त्रले
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
प्रतिनिधिसभाको बैठक साउन २२ गते सम्मका लागि रोकियो
प्रतिनिधिसभाको बैठक साउन २२ गते सम्मका लागि रोकियो

तपाईंले छुटाउनुभयो कि?