जता मतदाता त्यतै नेता

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
३९ पटक हेरिएको
Shares
जता मतदाता त्यतै नेता

सारांश

  • डडेलधुरा : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका लागि स्थानीय नेता तथा कार्यकर्ता खेतबारीमै पुगेर भोट मागिरहेका छन्।
  • देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।
  • मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेता तथा कार्यकर्ता घरदैलोमा लागेका हुन्।

डडेलधुरा : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका लागि स्थानीय नेता तथा कार्यकर्ता खेतबारीमै पुगेर भोट मागिरहेका छन्। देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेता तथा कार्यकर्ता घरदैलोमा लागेका हुन्। मतदाताहरू प्रायः खेतबारीमा मल बोक्न, खर काट्न व्यस्त भएकाले नेताहरू त्यतै गएर आफू र आफ्नो पार्टीका लागि भोट मागिरहेका छन्।

खरिया काट्दै गरेका मीना थापा र माया थापालगायतलाई भेटेर प्रदेशसभा सदस्यमा आफू र प्रतिनिधिसभा सदस्यमा देउवाका लागि डडेलधुरा क्षेत्र नम्बर १ का उम्मेदवार रघुवर भट्टले भोट मागे। सभापति देउवा ‘उच्च पद’मा रहेको जानकारी दिँदै भट्टले ‘तपाईंहरूका समस्या समाधानका लागि हामी तत्पर छौं’ भन्दै भोट मागेको उनीहरूले सुनाए। खरिया काटिरहेका महिला पनि उनको कुरा ध्यान दिएर बीच-बीचमा जिज्ञासा राखिरहेका थिए। उनीहरूले गुनासा पनि राखिरहेका थिए।

‘हामीले भोट त दिँदै आएका छौं तर हाम्रा लागि कसैले पनि केही गरेनन्’, ३० वर्षीया मीनाले भनिन्, ‘यसपालि त जसले महिला हकहितका विषयमा बुलन्द आवाज उठाउँछ, हामीलाई घाँस काट्न छुटाउने प्रतिबद्धता व्यक्त गर्दछ त्यसलाई हामी भोट दिन्छौं।’ भट्टले हाँस्दै जवाफ दिए, ‘हामी तपाईंहरूको माग पूरा गर्ने प्रयत्न गर्छौं।’
हिउँदमा किसानहरू गहुँ बाली लगाउन व्यस्त हुन्छन्। महिलाहरू प्रायः खरिया काट्ने काममा लाग्छन्। मतदाताहरू घरदैलोमा भेटिन छोडेपछि नेताहरूले भोट माग्न खरिया काट्ने ठाउँसम्मै धाउन थालेका हुन्। वाम गठबन्धनका उम्मेदवार पनि खेतबारीमै गएर भोट माग्नमा व्यस्त देखिन्छन्। मतदाताहरू घरभन्दा पनि खेतबारीमा भेटिने हुँदा आफूहरू खेतबारीसम्मै गएर भोट मागिरहेको गठबन्धनका कार्यकर्ता बताउँछन्।

‘मतदाताले मत जाहेर गर्दा आफ्नो अधिकारको प्रयोग हुन्छ। हामी नेताहरू भोट माग्न जनताकै घरदैलोमा जानु उपयुक्त हुन्छ’, गठबन्धनबाट क्षेत्र नम्बर १ का उम्मेदवार पठानसिंह बोहराले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने
चलचित्र ‘जिग्री’को पोस्टर सार्वजनिक, फागुन ४ गतेका लागि प्रदर्शन मिति घोषणा
चलचित्र ‘जिग्री’को पोस्टर सार्वजनिक, फागुन ४ गतेका लागि प्रदर्शन मिति घोषणा
गृहमन्त्रीले भने, ‘आन्दोलन जारी राख्नुस्’
गृहमन्त्रीले भने, ‘आन्दोलन जारी राख्नुस्’
जेठको पहिलो साता देउवा प्रधानमन्त्री:खनाल
जेठको पहिलो साता देउवा प्रधानमन्त्री:खनाल
कोशी प्रदेशका कामदारलाई न्यूनतम पारिश्रमिक दिने समझदारी
कोशी प्रदेशका कामदारलाई न्यूनतम पारिश्रमिक दिने समझदारी
फुजेलवासीलाई खुसीको खबर : टानको महासचिवमा चेवन देवकोटाको उम्मेदवारी
फुजेलवासीलाई खुसीको खबर : टानको महासचिवमा चेवन देवकोटाको उम्मेदवारी
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक
ओलीको भारत भ्रमणअघि पार्टी एकता नहुने
ओलीको भारत भ्रमणअघि पार्टी एकता नहुने
चर्चित गायक मिका सिंह पक्राउ
चर्चित गायक मिका सिंह पक्राउ
सोमबार त्रिविको ४४ औँ दीक्षान्त समारोह
सोमबार त्रिविको ४४ औँ दीक्षान्त समारोह