नेप्से र कारोबार दुवै बढ्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
३० पटक हेरिएको
Shares
नेप्से र कारोबार दुवै बढ्यो

सारांश

  • साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १३ दशमलव ७४ अंक बढेको छ ।
  • कारोबारमा आएका होटेल र विकास बैंक समूहको परिसूचकबाहेक अरू सबै समूहका परिसूचक बढेपछि नेप्से बढ्न पुगेको हो ।
  • १३ दिन ओरालो लागेको नेप्से आइतबार बढेपछि लगानीकर्ताको मनोबल बढेको छ ।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १३ दशमलव ७४ अंक बढेको छ । कारोबारमा आएका होटेल र विकास बैंक समूहको परिसूचकबाहेक अरू सबै समूहका परिसूचक बढेपछि नेप्से बढ्न पुगेको हो ।

१३ दिन ओरालो लागेको नेप्से आइतबार बढेपछि लगानीकर्ताको मनोबल बढेको छ । राम्रो कम्पनीको सेयर सस्तोमा खरिद गर्दा बजारले सकारात्मक दिशा लिएको हो । तर, आगामी दिनमा बजारले कुन दिशा लिने हो भन्ने निश्चितताका साथ भन्न सकिने अवस्था छैन । पहिलो त्रैमासको निराशाजनक वित्तीय विवरण र नेप्से अनलाइन प्रणालीमा आउन समय लाग्ने कुराले लगानीकर्ता निराश भएका थिए । नेप्सेले आगामी सात महिनाभित्र अनलाइन प्रणाली लागू गर्ने तयारी गरिरहेको छ ।

नेप्से परिसूचकसँगै यस दिन कारोबार रकममा पनि सुधार आएको छ । आइतबारको तुलनामा यस दिनको कारोबार रकम ७८ दशमलव ३५ प्रतिशत बढेको छ । यस दिन १ सय ५८ कम्पनीको ५ हजार ७ सय १० पटकको कारोबारमा रु. ७१ करोड ४६ लाख ५७ हजार ४ सय ५९ (म्यानुअल टर्नओभरसहित) बराबरको १७ लाख ३० हजार ५ सय ७२ कित्ता सेयर खरिद–बिक्री भएको छ । अघिल्लो दिन रु. ४० करोडबराबरको मात्र सेयर कारोबार भएको थियो । नेप्से बढेपछि लगानीकर्ताको सम्पत्ति पनि वृद्धि भएको छ ।

अघिल्लो दिनको तुलनामा यस दिन लगानीकर्ताहरूको सम्पत्ति रु. १५ अर्ब ९५ करोड बढेर रु. १७ खर्ब ३० अर्ब पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन ३ दशमलव ४७ अंक बढेर ३ सय १४ दशमलव शून्य १ बिन्दुमा पुगेको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ३९ दशमलव ६५ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ ।

सोमबार गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक सेयर सबैभन्दा धेरै खरिद–बिक्री भएको छ । यस कम्पनीको संस्थापक सेयर रु. ११ करोड २४ लाखभन्दा बढी कारोबार भएको छ । प्रभु बैंकको संस्थापक सेयर यस दिन रु. ५ करोड ७३ लाखबराबरको कारोबार भएको छ । सोमबार चिलिमे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशमलव १० प्रतिशत कमाए । प्रभुको संस्थापक सेयरको मूल्य ६ दशमलव ३१ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ५८ कम्पनीमध्ये ९८ कम्पनीको सेयरमूल्य बढेको छ भने ४५ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १५ कम्पनीको सेयरमूल्य भने यस दिन स्थिर रहेको छ ।

जलविद्युत् समूहको परिसूचक यस दिन सर्वाधिक ४ दशमलव १५ प्रतिशत बढेको छ । ‘अन्य’ समूहको परिसूचक २ दशमलव २७ प्रतिशत, वित्त समूहको १ दशमलव ३२ प्रतिशत, बैंकिङ समूहको शून्य दशमलव ८६ प्रतिशत, माइक्रोफाइनान्स समूहको शून्य दशमलव ६३ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ५३ प्रतिशत र बिमा समूहको परिसूचक शून्य दशमलव १८ प्रतिशत बढेको छ । कारोबारमा आएको होटेल समूहको परिसूचक शून्य दशमलव ५५ प्रतिशत घटेको छ भने विकास बैंक समूहको शून्य दशमलव १३ प्रतिशत घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?