७ हजार मतान्तरले आफू विजयीहुने मोदीको दाबी !

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
७ हजार मतान्तरले आफू विजयीहुने मोदीको दाबी !

सारांश

  • मोरङ्ग, २९ कार्तिक ।
  • नेकपामाओवादी केन्द्रका नेताएवम् मोरङ क्षेत्र नम्बर ४ प्रतिनिधि सभाकालागिवाम गठबन्धनका उम्मेद्धवार अमन लाल मोदीले अबको निर्वाचनमाएमाले–माओवादी केन्द्रको वाम गठबन्धनले देशव्यापी रुपमाबहुमतल्याउने दाबी गरेका छन् ।
  • बुधबार रिपोर्टर्स क्लब नेपालले मोरङ्गमाआयोजना गरेको विशेष चुनावी साक्षात्कारमाबोल्दै मोदीले यस्तो बताएकाहुन् ।

मोरङ्ग, २९ कार्तिक । नेकपामाओवादी केन्द्रका नेताएवम् मोरङ क्षेत्र नम्बर ४ प्रतिनिधि सभाकालागिवाम गठबन्धनका उम्मेद्धवार अमन लाल मोदीले अबको निर्वाचनमाएमाले–माओवादी केन्द्रको वाम गठबन्धनले देशव्यापी रुपमाबहुमतल्याउने दाबी गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले मोरङ्गमाआयोजना गरेको विशेष चुनावी साक्षात्कारमाबोल्दै मोदीले यस्तो बताएकाहुन् । उनले भने,‘जनताकै चाहनाअनुसार वाम गबठन्धन बनेको हो, अबको निर्वाचनमाहामी देशभरि नै बहुमत ल्याउँछौं, यसमाकुनै शंका छैन।’
वाम गठबन्धनले बुहमतल्याएपनिमुलुकमा कम्युनिष्ट शासननआउने उनको भनाई थियो । मोदीले थपे,‘हामी जनयुद्ध सोचेजस्तो सफलनभएपनि १२ बुँदे सम्झौतामार्फत शान्तिप्रक्रियामाआएकाहौं, अबमुलुकको विकासको लागिहामी एकजुट भएर अघि बढ्छौं, अबको एजेण्डा भनेको नै आर्थिक समृद्धि हो।’
क्लबका केन्द्रिय सभापतिऋषिधमलाको सभापतित्वमाआयोजित साक्षात्कारमाबोल्दै उनले आफू चुनावजित्नेमा ढुक्क रहेको समेत जिकिर गरे । उनले थपे,‘म आरामसँगचुनाव जित्छु, म त सबैको मनमा बसेको छु, ७हजार मतान्तरले जित्छु, मेरो क्षेत्रमावाम गठबन्धनको मात्रैनभएर कांग्रेससहितअन्यदलको पनिमलाई सहयोग छ, म  साझाउम्मेद्धवार हुँ ।’ उनले आफ्नो केहीकमीकमजोरी भए सच्याउनतयार रहेको समेत विश्वास दिलाए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Laxman Adhikari

    Best of luck sir

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?