झापामा पार्कका लागि नगरपालिकाले दियो कर छुट

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • झापा, १३ फागुन – झापा दमक–१० मा ‘क्लिन ग्रीन इन्डस्ट्रियल पार्क’का बनाउनका लागि लागि जग्गा अधिग्रहण सुरु गरिएको छ ।
  • पार्कका लागि ३ सय ६६ बिघा जमिन अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो ।
  • फागुन ६ गते जिल्ला प्रशासन कार्यालय झापामा भएको बैठकले चार किल्लामा पर्ने जमिन अधिग्रहणका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णयपछि काम शुरु भएको हो ।

झापा, १३ फागुन – झापा दमक–१० मा ‘क्लिन ग्रीन इन्डस्ट्रियल पार्क’का बनाउनका लागि लागि जग्गा अधिग्रहण सुरु गरिएको छ । पार्कका लागि ३ सय ६६ बिघा जमिन अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो ।

फागुन ६ गते जिल्ला प्रशासन कार्यालय झापामा भएको बैठकले चार किल्लामा पर्ने जमिन अधिग्रहणका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णयपछि काम शुरु भएको हो । दमकमा बन्न लागेको पार्क करिब २ हजार १ सय बिघामा हुँदैछ ।

नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार औद्योगीकरणका लागि कर छुटको दिने निर्णय गरिसकेको छ । स्थानीय सरकारले केही राजश्व गुमाएर पनि औद्योगिकरणका लागि फाइदा दिन सक्ने बताइएको छ ।

पार्कका लागि ९ सय ४२ बिघा जमिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा आइसकेको छ । पार्कका लागि चार किल्लामा पर्ने २ हजार १ सय बिघा र्पुयाउन बाँकी रहेको जमिन गौरादह र कमल गाउँपालिकाको खोला क्षेत्रको जमिनसमेत व्यवस्था गर्ने कार्य भइरहेको दमक नगरपालिकाले जनाएको छ ।

दमक नगरपालिकाले सो औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गर्नका लागि कम्तीमा १० वर्षसम्म कुनै उद्योगलाई कर नलिने नगरसभाबाट निर्णय गरिसकेको छ । औद्योगिक पार्क स्थापना हुने दमक–१० का वडाध्यक्ष बोधराज न्यौपानेले पार्क निर्माणको प्रक्रियाले थप गति लिएपछि स्थानीयमा पनि उत्साह बढेको बताए । ‘बृहत् योजना भएकाले कार्यान्वयनमा ढिलाई हुने हो कि भन्ने शंका थियो’, उनले भने, ‘तर जग्गा अधिग्रहणको प्रक्रियाले धेरै आशा बढाएको छ ।’ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार यसको कार्यान्वयनको गति बढाउन दमकमानै कार्यालय स्थापनाको तयारी छ ।

लिमिटेडका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले स्थानीय कार्यसम्पादनका लागि दमकमा नै कार्यालय स्थापना गर्ने तयारी भएको हो । औद्योगिक पार्क व्यवस्थापन समितिका अध्यक्ष गोविन्द थापाका अनुसार चीनको वान बेल्ट वान रोड अवधारणा अनुसार दमकमा चिनियाँ लगानी भित्रिदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय विदेश मन्त्रालयले भन्यो ‘गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन’
भारतीय विदेश मन्त्रालयले भन्यो ‘गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन’
एसिसी यू–१९ एसिया कप : नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य, कप्तान एेरीले बनाए ८८ रन
एसिसी यू–१९ एसिया कप : नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य, कप्तान एेरीले बनाए ८८ रन
बजार मूल्य नपाएपछि चितवनका कृषकले फलेको तरकारीमा रुँदै डोजर लगाए
बजार मूल्य नपाएपछि चितवनका कृषकले फलेको तरकारीमा रुँदै डोजर लगाए
पेट्रोल-डिजेलको मूल्य बढ्यो
पेट्रोल-डिजेलको मूल्य बढ्यो
सभापति देउवाले कड्किँदै भने, ‘कांग्रेस पार्टी कसैको बपौति होइन’
सभापति देउवाले कड्किँदै भने, ‘कांग्रेस पार्टी कसैको बपौति होइन’
सञ्चार माध्यमले अभिभावकीय भूमिका र दायित्व निर्वाह गर्नुपर्छ -सञ्चारमन्त्री बस्नेत
सञ्चार माध्यमले अभिभावकीय भूमिका र दायित्व निर्वाह गर्नुपर्छ -सञ्चारमन्त्री बस्नेत
नेकपा बैठक : प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल
नेकपा बैठक : प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल
बारा र पर्साका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने
बारा र पर्साका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने
भट्टराईको हत्या:मुखमा सिरानी कोचि,देब्रे आँखा बाहिर
भट्टराईको हत्या:मुखमा सिरानी कोचि,देब्रे आँखा बाहिर
अमेरिकाको मेरिल्याण्डमा गोली चल्दा एक नेपालीसहित ३ को मृत्यु
अमेरिकाको मेरिल्याण्डमा गोली चल्दा एक नेपालीसहित ३ को मृत्यु