युवासंघलाई देशकै डरलाग्दो भरलाग्दो रहर लाग्दो संगठन बनाउछौ : पुर्वमन्त्री बस्नेत

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २९, २०७३
|
|
८६९० पटक हेरिएको
Shares
युवासंघलाई देशकै डरलाग्दो भरलाग्दो रहर लाग्दो संगठन बनाउछौ : पुर्वमन्त्री  बस्नेत

सारांश

  • २९ माघ, हेटौंडा, युवा संघका पुर्ब अध्यक्ष तथा पुर्ब मन्त्री महेश बस्नेतले नेपालको युवा आन्दोलन शुख,शान्ति र समृद्धि प्राप्तिको आन्दोलनको रुपमा अगाडी बढेकोले अबको संगठनको चरित्र रहर लाग्दो, भर लाग्दो र डर लाग्दो बनाउनु पर्ने अनि नेता, कार्यकर्ता बौद्धिक, जुझारु र उत्पादनमा लाग्ने खालको बनाउनु पर्ने बताएका छन।
  • अब नेपाल बन्द,चक्काजाम नगर्ने, ढुंगामुढा नगर्ने, टायर नबाल्ने संकल्प गरेर अगाडी बढेको युवा आन्दोलनलाई बर्तमान सरकारले जिस्काई रहेको छ।
  • राष्ट्रियतालाई दाउमा राखेर, संबिधान संशोधन मार्फन राष्ट्रिय अखण्डतालाई समाप्त गर्ने मुलुक बिभाजन गर्ने र बिदेशीलाई सत्तामा पुराउने योजनाको साथ लागेको छ।

२९ माघ, हेटौंडा,

युवा संघका पुर्ब अध्यक्ष तथा पुर्ब मन्त्री महेश बस्नेतले नेपालको युवा आन्दोलन शुख,शान्ति र समृद्धि प्राप्तिको आन्दोलनको रुपमा अगाडी बढेकोले अबको संगठनको चरित्र रहर लाग्दो, भर लाग्दो र डर लाग्दो बनाउनु पर्ने अनि नेता, कार्यकर्ता बौद्धिक, जुझारु र उत्पादनमा लाग्ने खालको बनाउनु पर्ने बताएका छन।

अब नेपाल बन्द,चक्काजाम नगर्ने, ढुंगामुढा नगर्ने, टायर नबाल्ने संकल्प गरेर अगाडी बढेको युवा आन्दोलनलाई बर्तमान सरकारले जिस्काई रहेको छ। राष्ट्रियतालाई दाउमा राखेर, संबिधान संशोधन मार्फन राष्ट्रिय अखण्डतालाई समाप्त गर्ने मुलुक बिभाजन गर्ने र बिदेशीलाई सत्तामा पुराउने योजनाको साथ लागेको छ।

निर्वाचन नगरी जनप्रतिनिधि बिहिन अबस्था श्रीजना गर्ने र नयाँ अधिनायक जन्माउने डिजाइनमा लागेको छ। जनताको आन्दोलन दबाउन दुर्गा तिवारीको हत्या गर्ने,संतोष बुढा,खिमलालहरु माथी आक्रमण गर्नेहरुलाई प्रोत्साहन गरेर अपराधलाई संस्थागत गरेको छ। उनले थप भने “अबको युवा  आन्दोलन अझै शसक्त गराउन आवाश्यक छ। आज युवा संघले मकवानपुरमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा लगाएत ४३५ कार्यकर्ता प्रबेश गरेका थिए। मकवानपुर अध्यक्ष संतोष चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमाले केन्द्रिय सदस्य बिरोध खतिवडा, युबा संघ केन्द्रीय कोषाध्यक्ष हृदम लामा, एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल लगाएतले पछिल्लो समय एमाले आम जनताको आकर्षण बनेको कुरा बताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?