प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने
सारांश
- ३ मंसिर, काठमाडौं ।
- दिवंगत प्रकाश दहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ ।
- प्रचण्ड पुत्र दाहालको आइतबार विहान असामहिक निधन भएको थियो ।
३ मंसिर, काठमाडौं । दिवंगत प्रकाश दहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ ।
प्रचण्ड पुत्र दाहालको आइतबार विहान असामहिक निधन भएको थियो । उनको शव अहिले नर्भिक अस्पतालमै छ ।
झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड छोराको निधनको खबर पाए लगतै काठमाडौं आएका छन् ।
माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार दाहालको शव अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिनेछ ।
(Ambien)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया