माओवादीका समानुपातिक उम्मेदवार कांग्रेसमा
सारांश
- आलिताल, डडेल्धुरा, ४ मंसिर।
- नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभामका समानुपातिक उम्मेदवार जगत पार्की नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
- गृह जिल्ला डडेल्धुराको आलितालमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए।
आलिताल, डडेल्धुरा, ४ मंसिर। नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभामका समानुपातिक उम्मेदवार जगत पार्की नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। गृह जिल्ला डडेल्धुराको आलितालमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए।
नेकपा माओबादी केन्द्रका पूर्व जिल्ला ईन्चार्ज जनक कलौनीसहित ७ सय ७६ जना नेता कार्यकर्ताहरु काँग्रेस सो दलको चुनाव प्रचार प्रसार समितिले जनाएको छ ।
यस्तै गत स्थानीय तह चुनावमा एमालेबाट पर्शुराम नगरपालिकाका मेयरका उम्मेदवार तारिसिंह बोहरा पनि कांग्रेसमा प्रवेश गरेका छन् ।
पहिलो कांग्रेसको नगर समितिमा सभापति रहेका बोहरा उम्मेदवारीका विषयमा असन्तुष्ट भएपछि एमालेका प्रवेश गरेका थिए।
आलितालमा आयोजित सभामा देउवाले देश अहिले गम्भीर मोडमा उभिएकाले देशलाई कम्युनिष्टहरुको त्रासबाट बचाउन लोकतन्त्रको पक्षमा जनमत अझ बढ्ने बताएका छन् ।
चुनावी प्रचारको क्रममा सुदुर पश्चिमका विभिन्न जिल्लाहरुको भ्रमणमा रहेका देउवाले आइतबार गृह जिल्लाको आलितालामा आयोजित चुनावी सभामा बोल्दै सो कुरा बताएका हुन्।
पूर्वको ताप्लेजुङ्बाट चुनावी अभियान थालेका प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका अधिकांश जिल्लाको चुनावी प्रचारको क्रममा लोकतन्त्रको पक्षमा जनता देखिएको बताए।
उनले केही परिवर्तन बिरोधी समूहहरुको निर्वाचन हुन नदिन जनताका प्रतिनिधिमाथि छानी छानी आक्रमण गरिरहेकोमा भनाइ थियो। ‘उम्मेदवारमाथिको अराजक हमला तत्काल बन्द होस’ देउवाले भने ।
Alicia Vinetic Depandu
Paaagaaaaalllllllll
Hemdhoj Thapa
Tehaa bata c adai anta na janu
Kalyan Thagunna
जनतामा झुटको खेति गरि अबसर खोज्ने दलाल
Komal Panta
साड़ीएछ……
Kharal Shiva Kharal Shiva
Chor vate
अबिरल आँसु मिलन
good
Khadga Susling Magar
हा हा हा समानुपातिक उमेदबार
Prem Prasad Sharma Acharya
अब माअाेवादी भएर लुटन पाइएन के रे दाम पाए गए । यस्तै गद्दारले त राजनिती बिगारेका छन नी । याे मुलुक त्यसै बिग्रेको छ र ? यस्ता देश बनाउने क्रान्तिकारी हा..हा…. लाज छैन है माला लगाएर तमसा देखाउन उनै जनता सामु