राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणा चुनावी अभियानमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
|
२९ पटक हेरिएको
Shares
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष  राणा चुनावी अभियानमा

सारांश

  • विगत लामो समयदेखि सिन्धुपाल्चोकलाई आफ्नो निर्वाचन क्षेत्र बनाएर चुनावमा भाग लिँदै आउनुभएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा अहिले पनि जिल्लाका ठूला साना पहाड उक्लँदै हुनुहुन्छ ।
  • लामो समयदेखि सिन्धुपाल्चोकको राजनीतिमा सक्रिय रहनुभएका उहाँ यो वर्ष हुन लागेको निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार हुनुहुन्छ ।
  • संविधानसभा चुनावको पहिलो र दोस्रोपटक हार व्यहोर्नुभएका अध्यक्ष राणा बढ्दो बुढेसकालको वास्ता नगरी यतिबेला जिल्लाका विभिन्न पहाड उक्लँदै मतदातासँग मत माग्न व्यस्त हुनुहुन्छ ।

विगत लामो समयदेखि सिन्धुपाल्चोकलाई आफ्नो निर्वाचन क्षेत्र बनाएर चुनावमा भाग लिँदै आउनुभएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा अहिले पनि जिल्लाका ठूला साना पहाड उक्लँदै हुनुहुन्छ ।

लामो समयदेखि सिन्धुपाल्चोकको राजनीतिमा सक्रिय रहनुभएका उहाँ यो वर्ष हुन लागेको निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार हुनुहुन्छ ।संविधानसभा चुनावको पहिलो र दोस्रोपटक हार व्यहोर्नुभएका अध्यक्ष राणा बढ्दो बुढेसकालको वास्ता नगरी यतिबेला जिल्लाका विभिन्न पहाड उक्लँदै मतदातासँग मत माग्न व्यस्त हुनुहुन्छ ।

हिमाली गाउँमा पुगेर आफ्नो पक्ष (लोकतान्त्रिक गठबन्धनलाई) भोट माग्दै कहिले हेलम्बुको डाँडा, कहिले ज्यामिरेको डाँडा र कहिले शेर्माथाङको डाँडा पुग्नुभएका छयत्तर वर्र्षीय राणालाई देखेर युवामा पनि जोश जाँगर बढेको छ ।

हिमाली गाउँलाई पर्यटकीयस्थल बनाउने र पहाड तथा बेँसीका बस्तीमा पुनःनिर्माणका लागि सहयोग गर्ने उहाँको मुख्य एजेण्डा छ । पर्यटकीय क्षेत्रमा काम गर्दै आउनुभएका लोकतान्त्रिक गठबन्धन सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘ख’ का उम्मेदवार निमा लामाको सहयोगले पनि आफ्नो चुनावी एजेण्डालाई निकै सहयोग मिल्नेमा राणा विश्वस्त हुनुहुन्छ ।

पहाड उक्लँदै विभिन्न गाउँमा पुग्नुभएका उहाँ स्थानीयवासीका साथ र सहयोगबाट निकै हौसिनुभएको छ । अध्यक्ष राणाले रासससँग कुरा गर्दै भन्नुभयो, ‘‘यसअघिका दुई वटा निर्वाचनमा राम्रोसँग हिँडडुल गर्न नपाउँदा थोरै मात्र मतान्तरले हारेको हुँ । यसपटक पूरै गाउँ पुग्ने अवसर पाएको छु भने काँग्रेसका दुई उम्मेदवारका साथले पनि मैले चुनाव जित्नेमा कुनै दुविधा छैन ।”

भोटेचौरको चिया बगान, मेलम्ची घ्याङ शेर्माथाङ, पाँचपोखरी, हेलम्बु र गुफाडाँडालाई विदेशी र आफ्नै व्यक्तिगत पहलमा छोटो समयमै नमूना पर्यटकीयस्थल बनाउने उहाँको योजना छ ।

पर्यटकीय व्यवसायी निमा लामालाई समेत प्रदेशको उम्मेदवारका रूपमा पाएकाले हरेक क्षेत्रमा एक एक वटा पर्यटकीयस्थल निर्माण गरिदिने तथा भत्केका संरचनाको पुनःनिर्माण गर्नेदेखि लिएर पर्यटन विकासका क्षेत्रलाई मुख्यरूपमा अगाडि बढाउने अध्यक्ष राणाले वचन दिनुभएको छ ।
सिन्धुपाल्चोकको समग्र विकासका लागि लोकतान्त्रिक शक्ति एक भएर लाग्नुपर्ने बताउँदै प्रदेशसभा ‘ख’का उम्मेदवार निमा लामाले पनि आफ्नो संयुक्त चुनावी एजेण्डा पर्यटकीय विकास भएको बताउनुभएको छ ।

लामो समयदेखि पर्यटकीय विकास र प्रवद्र्धनमा लाग्नुभएका लामाले युवाको बढ्दो बेरोजगारीलाई सम्बोधन गर्दै पर्यटकीय क्षेत्रमा युवालाई परिचालन गर्ने योजना अघि बढाउनुभएकाले पनि युवाले लामालाई साथ दिनेमा कुनै शंका नभएको उहाँको भनाइ छ ।

चुनावी आश्वासनमात्र बाँढेर हुँदैन महँगा भाषणलाई भन्दा आफूले थोरै बोल्ने तर धेरै गर्ने नेताका रूपमा परिचित गराउने अध्यक्ष राणाको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “मैले धेरै चुनावी गफ भजाएको छैन । अघिल्ला निर्वाचनमा पराजित भए पनि आफूले गर्न सक्ने मात्र बोलेको छु र बोलेको कुरा पूरा गरेर पनि देखाउँछु ।”

त्यसैगरी दुईपटक संविधानसभाको निर्वाचनमा राणालाई हराउनुभएका वाम गठबन्धनका शेरबहादुर तामाङ र दावा तामाङ संयुक्त युवा चुनावी अभियानमा हुनुहुन्छ ।

पहिलो संविधानसभाको चुनावमा राणालाई हराउनुभएका दावा तामाङ निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘ख’का उम्मेदवार हुनुहुन्छ भने शेरबहादुर तामाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार हुनुहुन्छ ।

राणालाई दोस्रो संविधानसभामा दुई हजार मतले हराउनुभएका प्रतिनिधिसभाका उम्मेदवार तामाङ पनि आफ्नो चुनावी एजेण्डाका साथ गाउँमा सक्रियरुपमा लागिपर्नुभएको छ ।

निर्वाचनमा बढी मत दिएर विजयी गराएमात्र विकासको कार्य सफल हुने तामाङको नारा छ । दुई पूर्व सांसद एकै ठाउँमा छौँ यो मौका नचुकाउनुहोस् भन्दै तामाङले फेरि पनि आफूलाई विजयी गराएर पहिलेको बाचा पूरा गर्ने मौका दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु भन्नुभयो । यसअघि तीन क्षेत्र रहेको यो जिल्ला नयाँ संविधान जारी भएपछि दुई निर्वाचन क्षेत्र कायम भएको हो ।

मंसिर १० गते हुने चुनावमा तामाङ र राणा आ–आफ्नो पक्षमा चुनावी नतिजा पार्नमा घरदैलोमा व्यस्त हुनुहुन्छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Shiva Shrestha

    Jet nishet cha

    Comment Author

    Mingmar Sherpa

    Jeet ko agrim shubhkaamna

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?