अब कसैले रोकेर पार्टी एकता रोकिँदैन : अध्यक्ष प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
अब कसैले रोकेर पार्टी एकता रोकिँदैन : अध्यक्ष प्रचण्ड

सारांश

  • रत्ननगर, चितवन, ८ मंसिर : पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले पार्टी एकताबाट एमाले र माओवादी पछि हट्ने ठाउँ नै नरहेको बताउनुभएको छ ।
  • नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता अब कसैले रोकेर नरोकिने भन्दै दाहालले कति पनि भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
  • आज साँझ भरतपुर महानगरपालिका–१८ मा आयोजित चुनावी अभियानका क्रममा नेकपा एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन, पार्टी एकता संयोजन समिति बनाएर मात्र चुनावी तालमेलको छलफल थालेका हौँ ।

रत्ननगर, चितवन, ८ मंसिर : पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले पार्टी एकताबाट एमाले र माओवादी पछि हट्ने ठाउँ नै नरहेको बताउनुभएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता अब कसैले रोकेर नरोकिने भन्दै दाहालले कति पनि भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

आज साँझ भरतपुर महानगरपालिका–१८ मा आयोजित चुनावी अभियानका क्रममा नेकपा एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन, पार्टी एकता संयोजन समिति बनाएर मात्र चुनावी तालमेलको छलफल थालेका हौँ ।”

दाहालले थप्नुभयो, “हामी पछाडिको पुल भत्काएर अघि बढेका छौँ, अब फर्कन खोजे डुबिन्छ ।” अब कोही पनि एकताबाट भाग्न सक्ने ठाउँ नरहेको जिकिर गर्दै दाहालले भन्नुभयो, “एकता भएन भने म, केपी जी, माधव जी लगायतका नेताहरुलाई जनता र कार्यकर्तासामु मुख देखाउन लाज हुन्छ ।”

जनताको बहुदलीय जनवाद र २१औँ शताब्दीको जनवादको बीचबाट नयाँ संश्लेषणमा पुग्ने उल्लेख गर्दै दाहालले अब हिँड्ने शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो समाजवादको बाटो हो भन्नेमा पनि एकमत भएको दाबी गर्नुभयो ।

एमाले र माओवादीबीच एकताको सवाल मात्र होइन, राष्ट्रको समृद्धि र स्थिरताको सवाल भएको उहाँको जिकिर थियो ।

उहाँले हाम्रा सन्ततिहरुको भविष्य निर्माणको सवाल भएकाले यसलाई पार्टीगत सङ्कीर्णताभन्दा माथि उठेर हेर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । पुत्र शोकमा पर्नुभएका दाहाल आजदेखि पुनः चितवन क्षेत्र नं ३ को चुनावी अभियानमा सरिक हुनुभएको हो ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Basudev Shrestha

    गरे भैगोनि किन बौलाएर कराएर हिड्नु पर्यो ? जोसुकैसंग पनि मिलेर बस्नु त धेरै राम्रो कुरा हो । आशिर्बाद छ मिलेर बस है !

    Comment Author

    Narottam Lal Maskey

    Nirankus ko bal maa voli moj garnye daau maa xan sabai netaa haru,aafno party ko balbutta maa hoina gathabandan ko naam maa.

    Comment Author

    Arjun Adhikari

    प्रचण्ड को अरू उपाय पनी त छैन, आफ्नो पार्टी सिद्धी गो।

    Comment Author

    Chandra Bahadur Khamcha

    Hare bhani ta hati halchhani kamret.

    Comment Author

    Seskanta Gaire

    Election samma lai matra hola

    Comment Author

    Harpal Timrai Yadma

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?