निर्वाचनपछि स्थायी सरकार : ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ९, २०७४
|
|
२३ पटक हेरिएको
Shares
निर्वाचनपछि स्थायी सरकार :  ओली

सारांश

  • महेन्द्रनगर : एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि र प्रदेशसभा चुनावपछि स्थायी सरकार निर्माण हुने बताएका छन्।
  • कञ्चनपुरको खुल्लामञ्चमा शुक्रबार वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले मंसिर २१ पछि मुलुकले स्थायी सरकार पाउने दाबी गरे।
  • उनले भने, ‘६ देखि नौ महिना मात्रै टिक्ने सरकार मुलुकको हितमा छैन।

महेन्द्रनगर : एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि र प्रदेशसभा चुनावपछि स्थायी सरकार निर्माण हुने बताएका छन्।कञ्चनपुरको खुल्लामञ्चमा शुक्रबार वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले मंसिर २१ पछि मुलुकले स्थायी सरकार पाउने दाबी गरे।

उनले भने, ‘६ देखि नौ महिना मात्रै टिक्ने सरकार मुलुकको हितमा छैन। हामी वाम गठबन्धनबाट स्थायी सरकार निर्माण गर्न लागेका हौं।’ स्थायी सरकार निर्माण हुने देखेर कांग्रेस अत्तालिएको उनको टिप्पणी गरे। दुई पार्टीलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका भन्दै उनले निर्वाचन लगत्तै दुई पार्टीको एकीकरण प्रक्रिया अघि बढ्ने बताए।

‘वाम दल फुट्दा त्यसको फाइदा अरुले नै लिए’ सभामा उनले भने, ‘अब हामीले एकै पार्टी बनाउने र देशको सम्पूर्ण विकास गर्ने जिम्मा लिन गइरहेका छौं।’ सभालाई सम्बोधन गर्दै उनले यसअघि वामपार्टीहरुले सरकार चलाउदा ल्याएका कार्यक्रमलाई नयाँ सरकार निर्माण भए लगत्तै शुरु गर्ने उद्घोष गरे। ‘हामी दुवै छिमेकी मुलुकसँग व्यापार लगायत सम्बन्ध अघि बढाउन चाहन्छौं’ उनले भने, अब चुनावपछि उत्तर र दक्षिणीका नाकाहरु खोलिने छन् र विकासको गति द्रुत रुपले अघि बढ्ने छ।’

उनले मतदातालाई चुनावका मुखमा आएर रकम बाड्ने लगायतका षडयन्त्र भइरहेको भन्दै त्यस्ता आश्वासनमा नभुलिन मतदातालाई अनुरोध गरे। ओलीले भने,‘ नरबहादुर धामी इमान्दारीपूर्बक जनताको काम गर्ने छन्।भ्रष्टाचार गर्ने छैनन।यसको जिम्मा म लिन्छु।तपाईहरु भोट दिएर जिताउनुस्।’ बिध्यार्थी राजनितिबाट निकै चर्चा बटुलेका धामी क्रान्तिकारी संघर्षशील ब्यक्ति हुन्। ‘धामी गरिब परिवारमा हुर्केर छात्राबासमा बसेर पढेको युवा हो बिस्वास गर्नुस भोलि जनताको सेबक बन्नेछ’ उनले भने।

चुनावी सभामा माओवादी केन्द्रका वरिष्ठ नेता एवं महासचिव रामबहादुर थापाले वाम पार्टीको एकताले मुलुकलाई समृद्ध बनाउने बताए। एमाले उपाध्यक्ष भीम रावल, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लेखराज भट्ट र वामगठबन्धनका उम्मेदवारले सम्बोधन गरेका थिए।

त्यसैगरी ओलीले शुक्रबार नै कैलालीको धनगढीमा वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सुदूरपश्चिमबाट चार÷चार पटक प्रधानमन्त्री भएका देउवाले विकासको लागि केही नगरेको आरोप लगाए। अझै तीन पटक प्रधानमन्त्री हुने देउवाको भनाइलाई कटाक्ष गर्दै नेता ओलीले भने, ‘देउवालाई तपाईको मत चाँहिदैन। किन कि ज्योतिषीले उनलाई सात पटक प्रधानमन्त्री हुने भनेका छन। प्रधानमन्त्री ज्योतिषीले बनाउने भए किन यत्तिको तामझाम ? ‘ उनको भनाइ थियो, ‘जनताले वाम गठबन्धनलाई मत दिनुस। देउवालाई ज्योतिषिले प्रधानमन्त्री बनाइ हाल्छन।’

कैलाली ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पनि व्यङय गर्न छोडेनन्। उनले भने, ‘काठमाडौंबाट केही बोरा पैसा ल्याएर धनगढीमा घर किन्दै, घडेरी किन्दै यहिँको मान्छे हुन्छ ? मान्छे देख्या छैन, घर देखिएको छ।’

ओली कञ्चनपुरको सभा सकेर हेलिकप्टरबाटबाट धनगढी रंगशालामा आयोजना गरिएको चुनावीसभामा पुगेका थिए। पुत्र शोकका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आउने कार्यक्रम स्थगित भएको ओलीले जानकारी दिँदै भने, ‘प्रचण्डजीको तर्फबाट मैं तपाईलाई सलाम ठोक्छु, प्रचण्डजीको सलाम स्वीकार्नुस्।’

(mundonow.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Surendra Deuba

    Tero k sarkar banla

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘मन्त्रिपरिषदको हेरफेर स्वेच्छाचारी’ भन्दै त्रिपाठीले दायर गरेको मुद्दा
‘मन्त्रिपरिषदको हेरफेर स्वेच्छाचारी’ भन्दै त्रिपाठीले दायर गरेको मुद्दा
साली सिवानीलाई हिरोइन बनाउँदै निखिल
साली सिवानीलाई हिरोइन बनाउँदै निखिल
सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ ः सञ्चारमन्त्री
सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ ः सञ्चारमन्त्री
अंग्रेजी भाषामा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक
अंग्रेजी भाषामा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक
नागरिक सचेतना र कानूनी प्रबन्धबाट विपद् व्यवस्थापन स् गृहमन्त्री थापा
नागरिक सचेतना र कानूनी प्रबन्धबाट विपद् व्यवस्थापन स् गृहमन्त्री थापा
मिटर व्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत
मिटर व्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत
प्रधानमन्त्री ओली र राजेन्द्र महतो बीच कडै भनाभन
प्रधानमन्त्री ओली र राजेन्द्र महतो बीच कडै भनाभन
स्याङ्जा चपाकोट नगरपालिकाको अपडेट
स्याङ्जा चपाकोट नगरपालिकाको अपडेट
ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडि
ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडि
प्रत्येक व्यक्तिको टाउकोमा राष्ट्रिय ऋण २४,२७६ रुपैयाँ
प्रत्येक व्यक्तिको टाउकोमा राष्ट्रिय ऋण २४,२७६ रुपैयाँ

तपाईंले छुटाउनुभयो कि?