रामेछापमा २० प्रतिशत मत खस्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
२० पटक हेरिएको
Shares
रामेछापमा २० प्रतिशत मत खस्यो

सारांश

  • रामेछाप, मंसिर १० – रामेछापमा बिहान ११ बजेसम्ममा २० प्रतिशत मत खसेको छ ।
  • १ प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको रामेछापमा १ लाख ५२ हजार ५ सय ५९ जना मतदाता रहेका छन् ।
  • जसमा प्रदेशसभा (क) तर्फ ७३ हजार १ सय ६७ जना रहेका छन् जसमा पुरुष मतदाता संख्या ३६ हजार ७ सय ५ जना रहेका छन् भने महिला मतदाता ३६ हजार ४ सय ६२ जना रहेका छन् ।

रामेछाप, मंसिर १० – रामेछापमा बिहान ११ बजेसम्ममा २० प्रतिशत मत खसेको छ । १ प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको रामेछापमा १ लाख ५२ हजार ५ सय ५९ जना मतदाता रहेका छन् ।

जसमा प्रदेशसभा (क) तर्फ ७३ हजार १ सय ६७ जना रहेका छन् जसमा पुरुष मतदाता संख्या ३६ हजार ७ सय ५ जना रहेका छन् भने महिला मतदाता ३६ हजार ४ सय ६२ जना रहेका छन् ।

त्यसैगरी, प्रदेशसभा (ख) तर्फ ७९ हजार ३ सय ९२ जना मतदाताहरु रहेका छन् जसमा पुरुष मतदाता संख्या ३९ हजार ७ सय २० जना रहेका छन् भने महिला मतदाता ३९ हजार ६ सय ७२ जना रहेका छन् ।

बिहान चिसो भएका कारण धेरै मतदाताहरु मतदान स्थलमा नगएका र दिउँसो घाम लागेपछि मतदान स्थलमा धेरै मतदाताहरु पुग्ने मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

(exitonetaproom.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?