घाइते कांग्रेस उम्मेदवारकाे आई सि यु कक्षमा उपचार हुदै, अवस्था जटिल

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १३, २०७४
|
|
२२ पटक हेरिएको
Shares
घाइते कांग्रेस उम्मेदवारकाे आई सि यु कक्षमा उपचार हुदै, अवस्था जटिल

सारांश

  • विद्युतीय धराप (एम्बुस)मा परेर गम्भीर घाइते भएका पूर्वसांसद तथा उदयपुर–२ का कांग्रेस उम्मेदवार नारायण कार्कीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
  • कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले कार्कीलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको जानकारी दिए ।
  • ‘नेपाली सेनाको हेलिकोप्टरबाट घाइतेहरूलाई काठमाडौं ल्याइएको छ,’ शर्माले भने, ‘त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

विद्युतीय धराप (एम्बुस)मा परेर गम्भीर घाइते भएका पूर्वसांसद तथा उदयपुर–२ का कांग्रेस उम्मेदवार नारायण कार्कीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले कार्कीलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको जानकारी दिए ।

‘नेपाली सेनाको हेलिकोप्टरबाट घाइतेहरूलाई काठमाडौं ल्याइएको छ,’ शर्माले भने, ‘त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।’

कार्की चढेको गाडी बिहान साढे ९ बजेतिर एम्बुसमा परेको कांग्रेसले जनाएको छ । जिल्लाको नेपालटारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्न जाने क्रममा कार्की एम्बुसमा परेका थिए ।

एम्बुस पड्किँदा गाडीमा रहेका कार्कीको टाउको चोट लागेको छ भने चालकको खुट्टामा गम्भीर चाेट लागेकाे छ ।उनीसँगै गाडीमा रहेकी नीरा कटुवाल, धनमाया धौलाकोटी र राजन कार्कीसमेत घाइते भएको कांग्रेसले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

कार्की २०७० सालको संविधानसभामा उदयपुर–३ बाट निर्वाचित सांसद हुन् । घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Chandra Subedi

    दुखद घटना

    Comment Author

    Kamal Bhusal

    Sigra susosteya ko kamana

    Comment Author

    Dil Kumari Chiluwal

    शिध् स्वास्थ्य लाभको कामना

    Comment Author

    Rabi Prakash Malla

    Swasthe laav ko kaamana. Ghatna garaune lai sidhai goli thhoknu parxa. Ani yasta ghatna kam hunxan.

    Comment Author

    Kumar Kc

    Dai,get well soon to celebrate victory!

    Comment Author

    Devi Prasad Gurung

    बिप्लबले अाजकाे सभ्य समाजमा अब यस्तो कायर आक्रमणहरू रोक्नुपर्छ।वास्तविकता के हाे भने अबकाे ५ बर्ष पछि पश्चिमकाे कुनै निर्वाचन क्षेत्रबाट बिप्लब स्वयम् चुनाबमा प्रतिस्पर्धा गरिरहेको हुनेछ।त्यसैले याे हिसां बन्द गराै।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले पत्रकारलाई कुनै दबाब दिनेछैन: कांग्रेस सभापति
कांग्रेसले पत्रकारलाई कुनै दबाब दिनेछैन: कांग्रेस सभापति
डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण ,
डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण ,
घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?
घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?
सशस्त्रका चार एसएसपीलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस
सशस्त्रका चार एसएसपीलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस
काठमाडौँमा वुधवार कति कोरोना संक्रमित थपिए ?
मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल
मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल
उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने
उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने
धादिङमा ट्रक र ट्रिफर ठोकिदा यसरी लाग्यो आगो !
धादिङमा ट्रक र ट्रिफर ठोकिदा यसरी लाग्यो आगो !
छठले जात, धर्म र सम्प्रदायबीच मेलमिलाप बढाएको छ : प्रधानमन्त्री ओली
छठले जात, धर्म र सम्प्रदायबीच मेलमिलाप बढाएको छ : प्रधानमन्त्री ओली
मनाइँदै ४२औँ बिपी स्मृति दिवस
मनाइँदै ४२औँ बिपी स्मृति दिवस

तपाईंले छुटाउनुभयो कि?