कांग्रेस सभालाई लक्षित गरी बम विष्फोट : एक वर्षीय बालकसहित तीन घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
कांग्रेस सभालाई लक्षित गरी बम विष्फोट : एक वर्षीय बालकसहित तीन घाइते

सारांश

  • सुनसरी, मंसिर १४ –सुनसरीको इटहरीमा नेपाली कांग्रेसको चुनावीसभा लक्षित विष्फोट हुँदा तीन जना घाइते भएका छन् ।
  • इटहरी–९, भलादमीचोकमा कांग्रेसको चुनावी सभा भैरहेको ठाउँ नजिकै विष्फोट हुँदा स्थानीय एक वर्षका बालक योवन न्यौपाने, ४० वर्षका धनबहादुर श्रेष्ठ र १६ वर्षकी सम्रिना अधिकारी घाइते भएका प्रहरीले जनाएको छ ।
  • घाइतेमध्ये बालक न्यौपानेको अवस्था गम्भीर छ ।

सुनसरी, मंसिर १४ –सुनसरीको इटहरीमा नेपाली कांग्रेसको चुनावीसभा लक्षित विष्फोट हुँदा तीन जना घाइते भएका छन् ।

इटहरी–९, भलादमीचोकमा कांग्रेसको चुनावी सभा भैरहेको ठाउँ नजिकै विष्फोट हुँदा स्थानीय एक वर्षका बालक योवन न्यौपाने, ४० वर्षका धनबहादुर श्रेष्ठ र १६ वर्षकी सम्रिना अधिकारी घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये बालक न्यौपानेको अवस्था गम्भीर छ । घाइते सबैजनालाई उपचारको लागि धरानमा रहेको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Narottam Lal Maskey

    Kamjor sarkaar ko kamjor suraxyaa.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?