कसरी चल्यो झापा ३ मा ‘म्याच फिक्सिङ’को हावा ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
|
४२ पटक हेरिएको
Shares
कसरी चल्यो झापा ३ मा ‘म्याच फिक्सिङ’को हावा ?

सारांश

  • झापा, १४ मंसिर– झापा ५ बाट उम्मेदवारी दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली देशब्यापी चुनावी कार्यक्रम सँगसँगै तीन पटक गृहजिल्ला झापा पुग्न भ्याएका छन् ।
  • झापा पुग्दा पनि ओली आफू उम्मेदवार रहेको क्षेत्र नं ५ भन्दा अन्यत्रकै कार्यक्रममा समय बढी खर्च गर्छन् ।
  • ओलीले यसरी लगातार गृहजिल्ला पुगिरहनु र आफ्नो क्षेत्र छोडेर भद्रपुर, विर्तामोड तथा मेचीनगरका कार्यक्रमहरुलाई प्राथमिकता दिनुको अर्थ छ– वाम गठबन्धनमा सामेल भएका माओवादी उम्मेदवार राम कार्की र राप्रपा उम्मेदवार राजेन्द्र लिङदेनलाई जिताएरै छोड्ने ओलीको संकल्प ।

झापा, १४ मंसिर– झापा ५ बाट उम्मेदवारी दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली देशब्यापी चुनावी कार्यक्रम सँगसँगै तीन पटक गृहजिल्ला झापा पुग्न भ्याएका छन् । झापा पुग्दा पनि ओली आफू उम्मेदवार रहेको क्षेत्र नं ५ भन्दा अन्यत्रकै कार्यक्रममा समय बढी खर्च गर्छन् । ओलीले यसरी लगातार गृहजिल्ला पुगिरहनु र आफ्नो क्षेत्र छोडेर भद्रपुर, विर्तामोड तथा मेचीनगरका कार्यक्रमहरुलाई प्राथमिकता दिनुको अर्थ छ– वाम गठबन्धनमा सामेल भएका माओवादी उम्मेदवार राम कार्की र राप्रपा उम्मेदवार राजेन्द्र लिङदेनलाई जिताएरै छोड्ने ओलीको संकल्प ।

राष्ट्रिय राजनीतिमा सर्वाधिक लोकप्रिय भएका ओलीलाई बारम्बार झापा जानु पर्ने वाध्यता पर्नुको कारण हो– झापा ३ का कांग्रेस उम्मेदवार तथा नेता कृष्णप्रसाद सिटौलाले चलाएको ‘म्याच फिक्सिङ’को हल्ला ।

उम्मेदवारहरुको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउने दिनसम्म कांग्रेस नेता सिटौलाको नाम कांग्रेसले समानुपातिक सूचीमा १ नम्बरमा राखेको थियो । देशभर राप्रपासँग चुनावी तालमेल गरेको कांग्रेसले झापा ३ मा राप्रपा नेता राजेन्द्र लिङदेनको उम्मेदवारीलाई समर्थन गर्ने सहमति गरेको थियो । त्यसबेला कांग्रेस नेता सिटौला भारतमा थिए । जव सिटौला भारतबाट फर्के र पार्टीले आफूले चुनाव लड्दै आएको क्षेत्रमा राप्रपा उम्मेदवारलाई समर्थन गरेको थाहा पाए, तव उनले आफूले सो क्षेत्र नछोड्ने अड्डी लिए । सिटौलाको यही अड्डीका कारण कांग्रेसले राप्रपालाई धोका दिनै पर्ने अवस्था आयो । त्यस्तो अवस्थामा वाम गठबन्धनले झापा ३ मा राप्रपाका लिङदेनलाई समर्थन गर्ने निर्णय गर्दै आफ्नो उम्मेदवारी दर्ता गरेन ।

स्थानीय चुनावको नतिजाका आधारमा झापा ३ मा एमाले, राप्रपा र माओवादीको मत जोड्दा ३१ हजार भन्दा बढी मत गठबन्धनका पक्षमा देखिन्छ । त्यस्तो अवस्थामा सिटौलाले झापा ३ बाट चुनाव जित्ने सम्भावना प्राय शुन्य हुन्छ । त्यसैले सिटौलाले चलाखीपूर्वक वाम गठबन्धनले आफूलाई सघाउने हल्ला चलाए । अझ काठमाडौंवाट प्रकाशित हुने एक राष्ट्रिय दैनिकमै एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस नेता सिटौलाबीच म्याच फिक्सिङ भएको समाचार लेखाउन सिटौला सफल भएपछि त्यस्तो हल्ला चिर्न ओलीले मन्तब्य नै दिनुपर्ने अवस्था आयो ।

पछिल्लो पटक ओली आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रम भन्दा बढी झापा १ र ३ का कार्यक्रमहरुमा सक्रिय छन् । झापा १ मा माओवादी नेता राम कार्की र २ मा राप्रपाका लिङदेनलाई समर्थन गरेका कारण उनीहरुलाई पनि जिताउनु ओलीले आफ्नो कर्तब्य सम्झेका छन् । त्यसैले ओली अघिल्लो पटक झापा पुग्दा झापा १ मा पर्ने मेचीनगर नगरपालिकाको कार्यक्रममा ब्यस्त भए जहाँ माओवादीका राम कार्कीलाई उनले भोट मागे । कार्कीको जितलाई ओलीले आफ्नो प्रतिष्ठाको विषय बनाएको यसैबाट पुष्टि हुन्छ ।

बुधवार तेस्रो पटक झापा पुगेका ओलीले बिहीवारै विर्तामोड र भद्रपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गरे,  जुन राप्रपा नेता लिङदेन उम्मेदवार भएको झापा ३ मा पर्छ । कांग्रेस नेता सिटौलासँग म्याच फिक्सिङको हल्ला चलाइएका कारण ओलीले आफ्नो सम्बोधन नै त्यसैबाट सुरु गरे । उनले कांग्रेसले देशैभर राप्रपासँग चुनावी तालमेल गरे पनि झापामा राप्रपासँग गरेको सहमतिलाई धोका दिएको थाहा पाएपछि आफूहरुले लिङदेनको उम्मेदवारीलाई समर्थन गरेको वताए । उनले म्याच फिक्सिङको हल्लाबाट तरंगित नहुन आग्रह गर्दै एमाले उम्मेदवार भएका ठाउँमा सूर्च चिन्हमा, माओवादी उम्मेदवार भएका ठाउँमा हसिया हथौडामा र झापा ३ मा राप्रपाको गाई चिन्हमा मतदान गर्न मतदाता समक्ष आग्रह गरे । समानुपातिकमा आ–आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्न ओलीको आग्रह थियो ।

‘हामीले जसलाई समर्थन गरेका छौं, उसैलाई जिताएरै छोड्छौं’ लिङदेनलाई भोट माग्दै ओलीले भने, ‘म्याच फिक्सिङको हल्ला हार्नेहरुले चलाएका हुन्, त्यसबाट तरंगित हुनु आवश्यक छैन । हामी राजनीतिमा सिधासिधा भूमिका निर्वाह गर्छाैं, म्याच फिक्सिङ गर्दैनौं ।’ झापा ३ मा वाम गठबन्धनले लिङदेनलाई समर्थन गरे पनि गठबन्धनले कांग्रेस उम्मेदवार सिटौलालाई भित्र भित्रै जिताउन लागेको प्रचार सिटौला पक्षले गरेपछि औपचारिक कार्यक्रम राखेरै ओलीले त्यसको खण्डन गरेका हुन् । आफ्नो जित्ने आधार कमजोर भएपछि सिटौलाले एमाले र माओवादी समर्थकको मत तान्न म्याच फिक्सिङको हल्ला चलाएको बुझिएको छ ।

झापा २ मा एमालेकी पवित्रा खरेल निरौला र ४ मा एमालेकै लालप्रसाद सावा प्रतिनिधि सभाका लागि उम्मेदवार छन् ।

 चक्रपथ बाट  

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Giddi Habs

    म एमाले को आजिवन कार्यकर्ता,तर म चाहन्छु बाम गथ्बन्धन ले सिटौला लाई जिताउनु पर्छ ,प्रतिस्पर्धी पार्टी को भएनी सिटौला को योग्दान धेरै छ ,लिङ्देन भनेको राजाबादी हो,हामी गनतन्त्र बादी ले लिङ्देन लाई जिताएर काम छैन,पछी कृष्ण प्रसाद सिटौला बरु काम लाग्न सक्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफ क्लबलाई
प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफ क्लबलाई
ओलीविरुद्ध फेरि घेराबन्दी, नेकपामा फेरि दुर्घटनाको खतरा
ओलीविरुद्ध फेरि घेराबन्दी, नेकपामा फेरि दुर्घटनाको खतरा
भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई जुत्ताको माला र कालो मोसो
भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई जुत्ताको माला र कालो मोसो
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
मतपत्रको कुराले चुनाव प्रभावित पार्न खोजियो भने राम्रो हुँदैन – प्रचण्ड
मतपत्रको कुराले चुनाव प्रभावित पार्न खोजियो भने राम्रो हुँदैन – प्रचण्ड
डुबेर बेपत्ता भएका दिदी भाईको शव भेटियो
डुबेर बेपत्ता भएका दिदी भाईको शव भेटियो
अनिलको उत्कृष्ट फर्म जारी, ज्ञानेन्द्र र सुवाष अाएनन् लयमा
अनिलको उत्कृष्ट फर्म जारी, ज्ञानेन्द्र र सुवाष अाएनन् लयमा
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
भोजपुरमा नेपाली कांग्रेस अगाडि
भोजपुरमा नेपाली कांग्रेस अगाडि