ओलीविरुद्ध फेरि घेराबन्दी, नेकपामा फेरि दुर्घटनाको खतरा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २५, २०७७
|
|
३७ पटक हेरिएको
Shares
ओलीविरुद्ध फेरि घेराबन्दी, नेकपामा फेरि दुर्घटनाको खतरा

सारांश

  • काठमाडौं, २५ असोज ।
  • कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावले नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ विवादलाई सतहमा ल्याएको छ ।
  • शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् भने अविश्वासको प्रस्ताव दर्ता गर्ने यामलाल कँडेल अर्का अध्यक्ष केपी शर्मा ओली निकट हुन् ।

काठमाडौं, २५ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावले नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ विवादलाई सतहमा ल्याएको छ । शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् भने अविश्वासको प्रस्ताव दर्ता गर्ने यामलाल कँडेल अर्का अध्यक्ष केपी शर्मा ओली निकट हुन् ।

ओली र प्रचण्डबीच बढेको टकरावको कम्पन कर्णालीमा पुगेको छ । योसँगै ओलीले पार्टीभित्र पेलेर जाने रणनीति लयाएको सन्देश समेत गएको छ ।

सरकार सञ्चालनका लागि पार्टीभित्र समन्वय गरेर गर्ने भनेपछि ओलीले संकट टरेलगत्तै राजदूत नियुक्तिलगायतमा एकलौटी गरेको भन्दै प्रचण्डलगायतका नेताले असन्तुष्टि व्यक्त गरेका थिए । तर, त्यसलाई ओलीले बेवास्ता गरिदिए । मन्त्रिमण्डल पुर्नगठनमा पनि ओलीले आफ्नै चाहना बढी देखाउन थाले । यतिसम्मकी प्रचण्ड पक्षधर रहेर उनीबाट असन्तुष्टलाई सरकारमा मन्त्री बनाउन खोजे । यसले प्रचण्ड झस्किए । लगत्तै उनले नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमसँग परामर्श गरे ।

गौतम पनि ओलीसँग फेरि असन्तुष्ट भए । छ बुँदे ल्याएर संकट टारेको तर आफैलाई समस्यामा पारेको बुझाईपछि उनी पुरानै मोर्चा ब्युताउन सक्रिय भएको बुझिएको छ । विगतमा सचिवालयका छ जनाको मोर्चाबन्दी रहेकोमा यसपटक रामबहादुर थापा बादल घटेर पाँचजना बनेको छ । यो समूहले पछिल्लोपटक गम्भीर छलफल समेत गरेको छ । नेकपा सचिवालयका पाँचजनाको मोर्चाबन्दीको भेउ पाएर ओलीले पेलेरै जाने रणनीति बनाएको बुझिएको छ । यसको संकेत महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव दर्तापत्र सार्वजनिक भएबाट मिलेको छ ।

नेकपाभित्र अब ओलीविरुद्ध प्रचण्ड, माधव, झलनाथ, बामदेव र नारायणकाजीको मोर्चाको टकराव फेरि बढ्ने देखिएको छ । यो समूहले यसपटक फेरि रणनीति बनाएको र ओलीलाई चुनौती दिने तयारी गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । ओली भने अब पेलेरै जाने तयारीका साथ प्रस्तुत भएका छन् । यसले नेकपाभित्र नयाँ संकट देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुनदेखि नारायणीमा सरर पानी जहाज, अनलाइन बुकिङ खुला हुँदै
फागुनदेखि नारायणीमा सरर पानी जहाज, अनलाइन बुकिङ खुला हुँदै
नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब पुग्यो: कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा ओगट्दा बढ्यो वित्तीय भार
नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब पुग्यो: कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा ओगट्दा बढ्यो वित्तीय भार
नागरिकता विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सत्तारुढ दलको निर्णय
नागरिकता विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सत्तारुढ दलको निर्णय
सरकारलाई यातायात व्यवसायीको धम्की, निर्देशिका खारेज गर्न माग
सरकारलाई यातायात व्यवसायीको धम्की, निर्देशिका खारेज गर्न माग
Oxford Invites Kailash Panday [CA, LLB-A Perfect Blend] ❚ He needs your Support.
Oxford Invites Kailash Panday [CA, LLB-A Perfect Blend] ❚ He needs your Support.
शनिवार १ बजेर ४९ मिनेटपछि औशी सुरु, विहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा
शनिवार १ बजेर ४९ मिनेटपछि औशी सुरु, विहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा
दाङमा प्रमाणपत्र धितो राखेर ऋण !
दाङमा प्रमाणपत्र धितो राखेर ऋण !
भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो
भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?
व्यवस्थापन सञ्चालन बिदेशीलाई करारमा दिने तयारीमा बायु सेवा निगम
व्यवस्थापन सञ्चालन बिदेशीलाई करारमा दिने तयारीमा बायु सेवा निगम