देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०७४
|
|
२० पटक हेरिएको
Shares
देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली

सारांश

  • दमक (झापा), मंसिर १६ ।
  • नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले ज्योतिषले प्रधानमन्त्री हुन्छस् भनेको भरमा मुलुकको प्रधानमन्त्री नहुने बताएका छन् ।
  • ओलीले शुक्रबार झापाको आफनै निर्वाचन क्षेत्र नम्वर ५ को दमकस्थित आमचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ज्योतिषलाई केही दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री बन्छ भन्न लगाउनुको कुनै तुक नरहेको बताए ।

दमक (झापा), मंसिर १६ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले ज्योतिषले प्रधानमन्त्री हुन्छस् भनेको भरमा मुलुकको प्रधानमन्त्री नहुने बताएका छन् । ओलीले शुक्रबार झापाको आफनै निर्वाचन क्षेत्र नम्वर ५ को दमकस्थित आमचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ज्योतिषलाई केही दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री बन्छ भन्न लगाउनुको कुनै तुक नरहेको बताए ।

नेता ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गर्दै जनताको समस्या नहेर्नेलाई जनताले प्रधानमन्त्री नबनाउने बताए । सयुक्त निर्वाचन परिचालन संयोजन समितिले आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले मतदातालाई स्थानीय विकास गर्ने कुराको आश्वासन दिँदै केही समयअघि देखि झापाको लखनपुरमा रहेको आदिवासी रंगशाला बनाउने बिषयमा विवाद रहेको प्रसंग उठाउँदै लखनपुरमा रंगशाला बनाउन नदिए दमकमै अन्तर्राष्ट्रिय स्तरका रंगशाला बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

रप्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता ओली मंसिर १३ गतेदेखि आफ्नो निर्वाचन क्षेत्र र झापाका अध्यक्ष निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट र आमसभामा व्यस्त छन् ।

आजै मात्र उनले दमक ३ को आम चोक, दमक ९ को चियादोकान क्षेत्रका मतदातासँग भेटघाटमा भएका छन् । सभालाई सम्बोधन गर्दै नेता ओलीले नेपाल जस्तो बहुभाषीक र बहुजातीय भएको समाजमा जातीय विभेदको कुरा गर्छ भने त्यो असफल हुने बताए । जातिका कुरा घर–घरमा गरौला तर बिकास निर्माण समाज बनाउने कुरामा सबै एक हुने उनले बताए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Sk Shrestha

    Ati saro chai navane hune thiyo

    Comment Author

    Pragya Paudel

    Yo hawa kura ho

    Comment Author

    Rudra Paudel

    Khuskat kp

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?