महतोलाई निधिको चेतावनी
सारांश
- नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रत्यासी विमलेन्द्र निधिले आफ्नो बोलीमाथि लगाम कस्न प्रतिष्पर्धी राजेन्द्र महतोलाई सुझाव दिएका छन् ।
- झुटको खेती गरेर जनतालाई भ्रमित गर्ने काम बन्द गरी बोलीमाथि लगाम नकसे जनकपुरको हावाहुरीमा बढारिने चेतावनी समेत उनले दिएका छन् ।
- शनिबार जनकपुरमा आयोजित चुनावीसभामा बोल्दै नेता निधिले बोलीमाथि लगाम नराखे प्राचिन मिथिलाको राजधानी माता सीताको भुमि जनकपुर विष्फोट हुन सक्ने बताए ।
नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रत्यासी विमलेन्द्र निधिले आफ्नो बोलीमाथि लगाम कस्न प्रतिष्पर्धी राजेन्द्र महतोलाई सुझाव दिएका छन् ।
झुटको खेती गरेर जनतालाई भ्रमित गर्ने काम बन्द गरी बोलीमाथि लगाम नकसे जनकपुरको हावाहुरीमा बढारिने चेतावनी समेत उनले दिएका छन् ।
शनिबार जनकपुरमा आयोजित चुनावीसभामा बोल्दै नेता निधिले बोलीमाथि लगाम नराखे प्राचिन मिथिलाको राजधानी माता सीताको भुमि जनकपुर विष्फोट हुन सक्ने बताए ।
निधिले भने,‘सीताको जन्म धरती जनकपुरको आफ्नै शैली छ । सीतामाताको तागत विष्फोट भएपछि ठुलाठुला रावणको बोलीमाथि पनि लगाम लागेको छ ।’
जनकपुरवासी शालिन छन्, उनले भने,‘हामी हो–हल्ला गर्दनौँ । तर, मौका परेको बेला एकपटक ताके हावा हुरीमा उड्न बेर छैन ।’ एक इञ्च विकासको काम नगरेका व्यक्ति अहिले बढाई चढाई कुरा गरिरहेको भन्दै निधिले महतोको आलोचना गरे ।
बाटो बिर्सिएर अहिले धनुषाबाट चुनाव लड्न आएका उनी जनताको अधिकारका लागि कतिपटक जेल गएको देखाउन निधिले चुनौती दिए ।
Thapa Sunil
कुरो सहि हो महतो साले त कुत्ता हो