गगन र विश्वप्रकाशको प्रचारमा आयोग लाग्यो: एमाले

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
२९ पटक हेरिएको
Shares
गगन र विश्वप्रकाशको प्रचारमा आयोग लाग्यो: एमाले

सारांश

  • काठमाडौं, १७ मंसिर।
  • नेकपा एमालेले मतदाता शिक्षा कार्यक्रमअन्तर्गत प्रकारित ‘इलेक्स क्विज’मार्फत कांग्रेसका युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्माको चुनावको प्रचार गरेको भन्दै आपत्ति जनाएको छ।
  • एमालेको केन्द्रिय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले सत्ताधारी दलका कुन कुन उम्मेदवारको प्रचार गर्ने नियतसहित यस्तो प्रचार सामग्री तयार पारेको हो भनि प्रश्न गरेका छन्।

काठमाडौं, १७ मंसिर। नेकपा एमालेले मतदाता शिक्षा कार्यक्रमअन्तर्गत प्रकारित ‘इलेक्स क्विज’मार्फत कांग्रेसका युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्माको चुनावको प्रचार गरेको भन्दै आपत्ति जनाएको छ।

एमालेको केन्द्रिय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले सत्ताधारी दलका कुन कुन उम्मेदवारको प्रचार गर्ने नियतसहित यस्तो प्रचार सामग्री तयार पारेको हो भनि प्रश्न गरेका छन्।

‘सत्ताधारी दलको खास उम्मेदवारलाई निर्वाचन आयोगको उम्मेदवारको रुपमा प्रस्तुत गरिएकोमा आपत्ति जनाउँदै निष्पक्ष भनिएको निर्वाचन आयोगले कुन–कुन उम्मेदवारको पक्षमा प्रचार अभियान सञ्चालन गर्न खाजेको हो, स्पष्ट पार्न आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

अभिनेता राजेश हमालले प्रस्तुत गरेको क्विजमा तीन उम्मेदवार मध्य गगन थापा र विश्वप्रकाश शर्मा कुन कुन क्षेत्रबाट उम्मेदवार बनेका छन् भनि  प्रश्न गरिएको छ।

‘निर्वाचन आयोगद्वारा विभिन्न १० टिभी स्टेशनबाट प्रसारित गर्ने गरी सञ्चालित मतदाता शिक्षा अन्तर्गतको ‘इलेक्सन क्विज’ कार्यक्रमप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’ रिमालले भनेका छन् ‘अभिनेता राजेश हमालद्वारा प्रस्तुत गरिएको उक्त क्विजमा निर्वाचन आयोगले नेपाली कांगे्रसका उम्मेदवारको प्रचार गर्ने नियतसहित ‘ती २ उमेद्वार कहाँबाट उठेका छन्’ भन्ने प्रश्न राखिएको छ।

एमालेले सो प्रचार सामग्रीको विषयमा निर्वाचन आयोगलाई माफी माग्न समेत माग गरेको छ।

‘सो प्रचार सामग्री निर्वाचन आयोगको जानकारी बेगर भएको हो र मतदाता शिक्षाको जिम्मा लिने आयुक्तको निजी निर्णयमा भएको हो भने आयोगलाई सार्वजनिक रुपमा क्षमायाचना गर्न र निज आयुक्तलाई तत्काल कारवाहीको लागि माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ।

आयोगको प्रवक्ता समेत  रहेका आयुक्त इला शर्माले प्रचार सामग्री निर्माण गर्ने जिम्मेवारी प्राप्त गरेकी छिन्।

यस विषयमा आयोगले कुनै प्रतिक्रिया नदिए वा निर्णय गर्न ढिलाइ गरे आयोग नै संस्थागत धाँधली प्रक्रियामा संलग्न भएको निष्कर्ष निस्कने एमालेले चेतावनी दिएको छ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Netra Ghimire

    यी दुई माहारथि नभएकाे संसद र देश र जनताले अाश गरेकाे पुग्ला र ???

    Comment Author

    Nagal Man Bdr

    धनेकादछ दाेय यूबाकाे जिम्यवरी र दस प्रतिकाे माया भयका तपाईं हरुकाे काँधमाछ सचा यूबाकाेलक्षे

    Comment Author

    Narbahadaur Kunwar

    केही नपाए बुढी अांगन

    Comment Author

    Tulasi Prasad Bhatta

    अरुको रिस गर्ने एमालेका चोरहरुको त बानी नै हो नि!!!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्ततः साढे २ लाख तिरेर नेपाल फर्के रबि लामिछाने, प्रेस काउन्सिलले गर्यो कदर
अन्ततः साढे २ लाख तिरेर नेपाल फर्के रबि लामिछाने, प्रेस काउन्सिलले गर्यो कदर
आफ्नै दलको चिन्हमा चुनाव लड्न ५८ दलले बुझाए विवरण
आफ्नै दलको चिन्हमा चुनाव लड्न ५८ दलले बुझाए विवरण
सुखी नेपाली,समृद्ध नेपालको आकांक्षा पुरा गर्न पर्वहरुलाई पर्यटनसँग जोडौं : प्रधानमन्त्री ओली
सुखी नेपाली,समृद्ध नेपालको आकांक्षा पुरा गर्न पर्वहरुलाई पर्यटनसँग जोडौं : प्रधानमन्त्री ओली
सहकारी ठगी प्रकरणः छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिट खारेज
सहकारी ठगी प्रकरणः छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिट खारेज
आन्तरिक पर्यटकको रोजाइमा ‘महलपोखरी’
आन्तरिक पर्यटकको रोजाइमा ‘महलपोखरी’
सडक निर्माण तथा स्तरोन्नति
सडक निर्माण तथा स्तरोन्नति
एसिसी महिला ट्वान्टी २०ः नेपाल एक खेलअघि नै सेमिफाइनलमा
एसिसी महिला ट्वान्टी २०ः नेपाल एक खेलअघि नै सेमिफाइनलमा
केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा टेबुल
केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा टेबुल
नरैनापुर गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट
नरैनापुर गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट
मोदीमाथि आतंकवादी हमलाको षड्यन्त्र
मोदीमाथि आतंकवादी हमलाको षड्यन्त्र

तपाईंले छुटाउनुभयो कि?