कांग्रेससँग हारगुहार गर्दै विक्रम पाण्डे

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०७४
|
१६
|
२९ पटक हेरिएको
Shares
कांग्रेससँग हारगुहार गर्दै विक्रम पाण्डे

सारांश

  • काठमाडौं ।
  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेको चितवन ३ निकै चर्चामा छ ।
  • उनलाई एमालेको साथ छ ।

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेको चितवन ३ निकै चर्चामा छ । उनलाई एमालेको साथ छ । राप्रपा (प्रजातान्त्रिक) का विक्रम पाण्डेलाई कांग्रेसले समर्थन गरेपछि प्रतिस्पर्धा झनै रोचक बनेको छ । प्रचण्डको प्रचारमा एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपाल पनि चितवन आइसकेका छन् ।

चितवन क्षेत्र नम्बर ३ मा कडा प्रतिस्पर्धा हुने आंकलन गरिए पनि प्रचण्डले सहज तरिकाले चुनाव जित्ने भएका छन् । किनकि चुनावको मुखैमा कांग्रेस र राप्रपाका नेता तथा कार्यकर्ताहरु धमाधम बाम गठबन्धनमा प्रवेश गर्न थालेका छन् ।

चुनावको मुखमा विक्रम पाण्डेका समर्थकहरु धमाधम बाम गठबन्धनमा प्रवेश गर्न थालेपछि पाण्डे अत्तालिएका छन् । स्रोतका अनुसार कांग्रेस र राप्रपाका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरु धमाधम बाम गठबन्धनमा प्रवेश गर्न थालेपछि पाण्डे अत्तालिएर मौन बसेका छन् ।

पाण्डेले चुनाव आउनु केही दिन अघि मात्र सुकुम्वासी वस्तीलगायत पिछडिएका केही वस्तीमा रक्सीसँग राँगो, खसी, बोका काटेर आफूलाई भोट मागेका थिए । प्रचण्ड र केपी ओली माडी गएका बेला चोक चोकमा कुखुरा, खसी र रक्सीको पाटी गर्ने विक्रम पाण्डे मतदान हुने एकदिन मात्र बाँकी रहँदा चुनावी विषयमा कुरै गर्न छाडेका छन् ।

कांग्रेस र राप्रपाका उच्च स्तरका नेताहरु विक्रम पाण्डेको चुनावी प्रचारमा हिँडेपनि आफ्नो भोट प्रचण्ड र अन्य क्षेत्रमा बाम गठबन्धनलाई नै जाने गोप्य सहमति गरेका छन् । स्रोतका अनुसार प्रचण्डले ३ नम्बर क्षेत्रबाट विक्रम पाण्डेलाई ४० हजार मतान्तरले हराउने आंकलन भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जतिपटक सरकारको नेतृत्व गरे त्यति त्यति बेला कांग्रेस कमजोर बनेको र अहिले सभापति रहँदा कांग्रेस र लोकतन्त्र खतरामा पर्न सक्ने भन्दै प्रचण्ड र बाम गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको खुलासा गरेका हुन् ।

चितवन विकासको प्रचुर सम्भावना भएको जिल्ला भएकाले देशभरिका लागि एउटा नयाँ मोडेल प्रस्तुत गर्न आफू चितवनाट उम्मेदवार बनेको बताउँदै आएका प्रचण्डलाई सबै ठाउँबाट राम्रो सहयोग छ ।

प्रतिक्रिया

16 कमेन्ट

    Comment Author

    Lalbahadur Budha

    जे गरेनि सिदियाे

    Comment Author

    Hemant Gurudhami

    Aaba bholi thaha hunxa prachanda ko paata saap

    Comment Author

    Gopal Karki

    Mawoobadi ko natakk

    Comment Author

    Susma Pangbohang

    Prachand hareko ramro ..

    Comment Author

    Ashok Bhandari

    Ne ka pa e ma le saga namili nepal ko kunai pani chhetra bata chunab nispachhya jitera dekhaye chahi ho raichha prachanda vanne thiye nepali le.

    Comment Author

    Gb Chettri

    खत्रा को घन्टी।

    Comment Author

    Durga Uprety

    Ta puspakamal ko dalal hos ki partaker dalal hos nai vane tyasko taluwa chatera bas na

    Comment Author

    Abu Khan

    Peach and hareko Ramro

    Comment Author

    Sayogi Nepali Bhupal

    Aru khi jandaina prachada harnuparx.

    Comment Author

    Dinesh Pandey

    U m l guhardai prachandra

    Comment Author

    Nabin Pulami Magar

    good

    Comment Author

    Gyan Prasad Gauchan

    Bichara

    Comment Author

    Janak Gahatraj

    good news

    Comment Author

    Hari Hancy Hero Hero

    Bam li haraunu parx chitwan ko janta

    Comment Author

    K Kumar Khadka

    Chitwan ko kangres vanne haru le pani prachanda lai sahyog garne vaeaka xan.

    Comment Author

    Thulung Anil Rai

    अब कम्युनिष्ट सरकार बनेपाछी पाउंने भो ठेक्का

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 16
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?