दोस्रो चरणको चुनाव आज, प्रत्यक्षतर्फ ४ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
५५ पटक हेरिएको
Shares
दोस्रो चरणको चुनाव आज, प्रत्यक्षतर्फ ४ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा

सारांश

  • २१ मंसिर, काठमाडौं ।
  • प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन आज हुँदैछ ।
  • पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ३२ जिल्लामा भएको थियो ।

२१ मंसिर, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन आज हुँदैछ । पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ३२ जिल्लामा भएको थियो । आज दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा हुन लागेको हो ।

निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरेको छ । मतदान स्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मतदानको लागि बिहान सात बजेदेखि साँझ पाँच बजेसम्मको समय निर्धारण गरिएको छ । मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । परिचयपत्र नभएकाले आफ्नो परिचय खुल्ने सरकारी कागजात देखाएर पनि मतदानमा भाग लिन पाउने छन् ।

मतदाताले तीनवटा मतपत्रमा चार ठाउँमा मत संकेत गर्नुपर्ने छ । प्रतिनिधिसभाको हरियो र प्रदेश सभाको कालो मतपत्रमा एक ठाउँमा मत संकेत गर्नुपर्दछ । त्यसैगरी समानुपातिकतर्फको रातो मतपत्र एउटा मात्र हुनेछ । जसमा माथिको खण्डमा प्रतिनिधिसभाको लागि र तलको खण्डमा प्रदेशसभाको लागि मत संकेत स्वस्तिक छाप लगाउनुपर्ने छ ।

४ हजार ४८२ उम्मेदवार प्रतिस्पर्धामा

४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार छन् ।

ती निर्वाचन क्षेत्र राखिएका सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने छन् ।

पहिलो चरणको निर्वाचन मंसिर १० मा सम्पन्न भइसकेको छ । पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत खसेको थियो । दोस्रो चरणमा ७५ प्रतिशतभन्दा माथि मत खस्ने प्रमुख आयुक्त डा. अयोधी प्रसाद यादवले अनुमान गरे ।

दोस्रो चरणको निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी निर्वाचन आयोगको छ । यही मंसिर १० गते पहिलो चरणमा भएको निर्वाचनको मतगणना पनि दोस्रो चरणको चुनाव सकिएलगत्तै सुरु हुनेछ । त्यसका लागि मतगणना स्थलमा सीसी टीभी क्यामरा जडान गरिएको छ भने तार जालीको बार समेत लगाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्ता गठबन्धन अर्ली इलेक्सनमा जाने संकेत
सत्ता गठबन्धन अर्ली इलेक्सनमा जाने संकेत
चुम्बन पाउने आशामा प्रेमीले बुर्का लगाएपछि सिधै जेल पुगे
चुम्बन पाउने आशामा प्रेमीले बुर्का लगाएपछि सिधै जेल पुगे
राप्रपा प्रजातान्त्रिकबाट को–को बन्दै मन्त्री ?  भोलि साढे ११ बजे सपथ
राप्रपा प्रजातान्त्रिकबाट को–को बन्दै मन्त्री ? भोलि साढे ११ बजे सपथ
एक वर्षभित्र मास्करहित काठमाडौँ बनाउँछु- मन्त्री पण्डित
एक वर्षभित्र मास्करहित काठमाडौँ बनाउँछु- मन्त्री पण्डित
बलात्कार पछि हत्या: के छ कानुनी ब्यवस्था ?
बलात्कार पछि हत्या: के छ कानुनी ब्यवस्था ?
राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला
राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला
सुष्मा स्वराज चढेको विमान हराएपछि…
सुष्मा स्वराज चढेको विमान हराएपछि…
नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु
नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु
क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नाबालिका करणीको उजुरी, प्रहरीको अनुसन्धान तीब्र
क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नाबालिका करणीको उजुरी, प्रहरीको अनुसन्धान तीब्र
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा को हुन्
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा को हुन्