४५ जिल्लामा मतदान सुरु !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
५२ पटक हेरिएको
Shares
४५ जिल्लामा मतदान सुरु !

सारांश

  • काठमाडौं, मंसिर २१ ।
  • प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन बिहीबार ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुमा मतदान सुरु भएको छ ।
  • मतदाताहरु विहानैदेखि मतदानका लागि लाइन बसेका थिए ।

काठमाडौं, मंसिर २१ । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन बिहीबार ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुमा मतदान सुरु भएको छ । मतदाताहरु विहानैदेखि मतदानका लागि लाइन बसेका थिए । सात बजेदेखि मतदान सुरु भएको हो ।

दोस्रो चरणमा प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि मतदान हुँदै छ । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ ।

दोस्रो चरणको मतदान सकिएपछि बिहीबारबाटै पहिलो र दोस्रो चरणको मतगणना प्रारम्भ हुनेछ । पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो । यतिबेला तराईका सबै र पहाडका जिल्लाहरुमा मतदान हुन लागेको छ । प्रमुख दलका अधिकांश शीर्ष नेताहरु दोस्रो चरणकै चुनावमा प्रतिस्पर्धी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“फेन्डशिप धमाका” आयोजना हुन २ दिन बाकी, कलाकारले सबैलाई गरे निम्तो (भिडियो सहित)
“फेन्डशिप धमाका” आयोजना हुन २ दिन बाकी, कलाकारले सबैलाई गरे निम्तो (भिडियो सहित)
‘मेरो हर खुशी‘’ सार्वजनिक ( हेर्नुस भिडियो सहित )
‘मेरो हर खुशी‘’ सार्वजनिक ( हेर्नुस भिडियो सहित )
कलेज सञ्चालनको जिम्मेवारी नगरपालिकालाई
कलेज सञ्चालनको जिम्मेवारी नगरपालिकालाई
भारतले चामल निर्यातमा लगायो रोक
भारतले चामल निर्यातमा लगायो रोक
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, ह्वात्तै बढ्यो एलपी ग्यासको मूल्य
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, ह्वात्तै बढ्यो एलपी ग्यासको मूल्य
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट गराउने पक्राउ
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट गराउने पक्राउ
दलबीच सहमति : शान्ति प्रक्रिया टुंग्याउन ‘सर्च कमिटी’ लाई पूर्णता दिइने
दलबीच सहमति : शान्ति प्रक्रिया टुंग्याउन ‘सर्च कमिटी’ लाई पूर्णता दिइने
महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व ‘तीज’ : प्रधानमन्त्री ओली
महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व ‘तीज’ : प्रधानमन्त्री ओली
अवैध काठसहित कपिलवस्तुमा एक जना पक्राउ
अवैध काठसहित कपिलवस्तुमा एक जना पक्राउ
नारायणी नदीमा दशैं अघि क्रुजको परीक्षण
नारायणी नदीमा दशैं अघि क्रुजको परीक्षण