काठमाडौं ५ मा विवादै विवाद, कांग्रेस प्रतिनिधि निकालिए

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३२ पटक हेरिएको
Shares
काठमाडौं ५ मा विवादै विवाद, कांग्रेस प्रतिनिधि निकालिए

सारांश

  • काठमाडौं क्षेत्र नम्बर ५ मा तेस्रोपटक मतगणाना रोकिएको छ ।
  • शुक्रबार दिउँशो २ बजे स्थगित भएको मतगणना केहीबेरअघिदेखि मतगणना रोकिएको हो ।
  • १२८२ मत गनेपछि पुनः मतगणना स्थगित भएको हो ।

काठमाडौं क्षेत्र नम्बर ५ मा तेस्रोपटक मतगणाना रोकिएको छ । शुक्रबार दिउँशो २ बजे स्थगित भएको मतगणना केहीबेरअघिदेखि मतगणना रोकिएको हो । १२८२ मत गनेपछि पुनः मतगणना स्थगित भएको हो ।

बिहान नौ बजे पुनः मतगणना सुरु भएपनि पाँचवटा हस्ताक्षर भएको मतपत्र भेटिएपछि पुनः स्थगित भएको हो । यता हस्ताक्षर नमिलेको भन्दै विवाद गरेपछि नेपाली कांग्रेसका प्रतिनिधि उत्तर पाठकलाई मतगणना स्थलबाट बाहिर निकालिएको छ ।

गयराति गणना गर्न खोज्दा पनि मुचुल्का भन्दा तीन भोट बढी मतगणना हुन सकेको थिएन । निर्वाचन अधिकृतले भने नमूना हस्ताक्षर अनुसार भएकाले मतगणना समस्या नदेखिएको बताए ।

नेपाली कांग्रेसका प्रतिनिधि अशोक न्यौपानेका अनुसार गुठीघर सट्टल क र युनिभर्सल स्कुल ख, सरस्वती मावि ख, स्काई लार्क कको मत गणना भइरहेको थियो ।

काठमाडौं क्षेत्र ५  वामगठबन्धनका ईश्वर १४०० मत आएको थियो । उनका प्रतिष्पर्धी कांग्रेसका नेता प्रकाशरण महतको २९८ मत आएको थियो। सो क्षेत्रमा विवेकशील साझा पार्टीका उज्जव थापाको १८३ मत आएको छ । क्षेत्र नम्बर ५ मा ३५ मत बदर भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?