स्याङ्जामा भएको बुथ कब्जाको विवाद निर्वाचन आयोगमा, मतगणना अन्योलमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
स्याङ्जामा भएको बुथ कब्जाको विवाद निर्वाचन आयोगमा, मतगणना अन्योलमा

सारांश

  • स्याङ्जा, मंसिर २३– स्याङ्जाको प्रदेशसभा २ मा एमाले र कांग्रेसबीच बुथकब्जाको विवाद अझै टुङ्गोमा पुग्न सकेको छैन् ।
  • एमालेले कांग्रेसबाट बुथ कब्जा भएको आरोप लगाएको छ भने कांग्रेसले पनि एमालेबाट बुथ कब्जाको आरोप लगाएको छ ।
  • दुवै दलकाबीच बुथकब्जाको विवाद टुङ्गोमा पुग्न नसकेपछि मतगणना हुन सकेको छैन ।

स्याङ्जा, मंसिर २३– स्याङ्जाको प्रदेशसभा २ मा एमाले र कांग्रेसबीच बुथकब्जाको विवाद अझै टुङ्गोमा पुग्न सकेको छैन् । एमालेले कांग्रेसबाट बुथ कब्जा भएको आरोप लगाएको छ भने कांग्रेसले पनि एमालेबाट बुथ कब्जाको आरोप लगाएको छ ।

दुवै दलकाबीच बुथकब्जाको विवाद टुङ्गोमा पुग्न नसकेपछि मतगणना हुन सकेको छैन । स्याङ्जाका मुख्य निर्वाचन अधिकृत रमेशकान्त अर्यालका अनुसार स्याङ्जा क्षेत्र नम्बर २ को बुथकब्जाको विवाद निर्वाचन आयोगमा पठाइएको र आयोगबाट कुनै प्रतिक्रिया नआएपछि अन्योल कायमै रहेको छ ।

क्षेत्र नम्बर १ मा पनि मतगणनाको वातावरण नभएको भन्दै राजनीतिक दलहरुबीच सहमति नभएपछि मतगणना सुरु हुने वा नहुने भन्ने अन्योल बढेको मुख्य निर्वाचन अधिकृत रमेशकान्त अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?