सवारी दुर्घटनामा २४ घन्टामा ११ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २१, २०७३
|
|
१७१ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा २४ घन्टामा ११ को मृत्यु

सारांश

  • काठमाडौँ-पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ११ जनाको ज्यान गएको छ।
  • दशैंका यात्रुका कारण सडकमा सवारी चाप बढेसँगै दुर्घटना पनि बढेको प्रहरीको दुर्घटना विवरणमा उल्लेख छ।
  • नवलपरासी रामग्राम नगरपालिका–१२ स्थित परासी–भुमही भित्रि सडक खण्डमा बा.

काठमाडौँ-पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ११ जनाको ज्यान गएको छ। दशैंका यात्रुका कारण सडकमा सवारी चाप बढेसँगै दुर्घटना पनि बढेको प्रहरीको दुर्घटना विवरणमा उल्लेख छ।fb_img_1475805436854

नवलपरासी रामग्राम नगरपालिका–१२ स्थित परासी–भुमही भित्रि सडक खण्डमा बा.६ च ४८१५ नम्बरको टाटा सुमोले लु.२६ प ६९२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनवल नगरपालिका–४ बस्ने २७ बर्षीय बिजय थापा र जिल्ला कारागार नवलपरासीमा कार्यरत प्रहरी जवान गनबहादुर थापाको मृत्यु भएको छ। दुर्घटनामा विजय थापाको घटनास्थलमै र गनबहादुर थापाको भैरहवा मेडीकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। टाटा सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवन चण्डिभञ्ज्यङ–६ पाँचकिलो स्थित मुग्लिन–नारायाणगढ सडक खण्डमा ना.४ ख ८५५२ नम्बरको ट्रक शुक्रबार अनियन्त्रित भई सडकबाट अंदाजी ८० मिटर तल त्रिशुली नदीको किनारमा खसेर ट्रक चालक जुगेडी –२ बस्ने २५ बर्षीय विकाश गुरुङको मृत्यु भएको छ।सह–चालक चितवन जुगेडी–९ बस्ने २६ बर्षीय चार्लस गुरुङ गम्भीर घाइते छन्।

काठमाडौँ महानगरपालिका–१४ कलंकी चोकमा ना.५ ख २०६१ नम्बरको बसले बा.३२ प २४३६ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुर फापरबारी घर भई हाल नैकाप तिनथाना बस्ने ४३ बर्षीय रत्न बहादुर राईको निधन भएको छ। पर्सा घर भएका २६ बर्षीय धर्मेन्द्र साह घाइते छन्।

सल्यान शारादा नगरपालिका–६ स्थित बराला मदनकाँडा कच्ची सडक खण्डमा लु. १ ज २९३४ नम्बरको जिप शुक्रबार सडकबाट अंदाजी १० मिटर तल खसेर दुर्घटना हुदाँ जीप चालक सल्यान हिवाला–४ बस्ने ३२ बर्षीय घनश्याम थापाको घट्नास्थलमै मृत्यु भएको छ।

तनहुँ शुक्ला गण्डकी नगरपालिका–३ दुलैगौडा बजार स्थित पृथ्वीराजमार्गमा ग.११ प १४७ नम्बरको मोटरसाइकलले पैदल यात्री सोही नगरपालिका–१३ मालेबगर बस्ने ८० बर्षीय देबेन्द्र मल्ललाई बिहीबार ठक्कर दिँदा उनको मृत्यु भएको छ।

बााँके कचनापुर–१ अगैयामा ना.५ ख ५२३५ नम्बरको बसले रा.२ प ७७२६ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा मोटरसाइकल चालक सल्यान काराघाती–३ बस्ने ३७ बर्षीय खिम बहादुर घर्तीको मृत्यु भएको छ।

चितवन राप्ती नगरपालिका–६ हर्दिचोकमा ना.२ ख ६७४० नम्बरको ट्रकले ना.४० प ७०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–९ बिरेन्द्रनगर बस्ने १९ बर्षीय सुनिल गुरुङको मृत्यु भएको छ। दुर्घटनामा १७ बर्षीय सुजित गुरुङ घाइते छन्।

उदयपुर खाँबु–२ छाम्लीङमा स.१ त ४०६७ नम्बरको ट्याक्टर सडकबाट तल खस्दा ट्याक्टरका साहु त्रियुगा नगरपालिका बस्ने ५२ बर्षीय तेजबहादुर गजमेरको घटनास्थलमै मृत्यु भएको छ।

धादिङ तसर्पु–८ काम्राङ स्थित ग्रामिण सडकमा बा.५ च ६२४८ नम्बरको डिआई बलेरो गाडी बिहीबार सडकबाट ४० मिटर तल खसेर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ३८ बर्षीया निशा थापाको घटनास्थलमै मृत्यु भएको छ।
बर्दिया बासगढ़ी नगरपालिका–४ लाखाना चोक नजिकै नम्बर नखुलेको सवारी साधनले बिहीबार खल्ला गाँउ बस्ने १० बर्षीय प्रकाश सिंह ठकुरीलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ। –श्रोतः प्रहरी दैनिक बुलेटिन

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
A man who shamed by Anushka Sharma for littering sends legal notice to her and Virat Kohli!
A man who shamed by Anushka Sharma for littering sends legal notice to her and Virat Kohli!
बस दुर्घटनामा दुई जनाको मृत्यु, ३०जना घाइते
बस दुर्घटनामा दुई जनाको मृत्यु, ३०जना घाइते
एसइईको नतिजा प्रकाशित
एसइईको नतिजा प्रकाशित
चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं
चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं
नक्शामा सीमा मिचिएको बारे प्रदेश सरकारको बल्ल भयो ध्यानाकर्षण
नक्शामा सीमा मिचिएको बारे प्रदेश सरकारको बल्ल भयो ध्यानाकर्षण
इनकाउन्टर र पक्राउको रणनीति पछि गुण्डा नाइकेको भागाभाग, कोही लुके कोही भागे
इनकाउन्टर र पक्राउको रणनीति पछि गुण्डा नाइकेको भागाभाग, कोही लुके कोही भागे
केजरीवालको रिहाई फेरि अनिश्चित
केजरीवालको रिहाई फेरि अनिश्चित
वाणिज्य बैंकहरुले ब्याजदर घटाउदै
वाणिज्य बैंकहरुले ब्याजदर घटाउदै
सय दिनमा सांस्कृतिक संस्थानमा नसोचेको परिवर्तन हुन्छः महाप्रबन्धक राई
सय दिनमा सांस्कृतिक संस्थानमा नसोचेको परिवर्तन हुन्छः महाप्रबन्धक राई

तपाईंले छुटाउनुभयो कि?