‘अनमाेल’ र ‘दया’ काे भिडन्त टर्‍यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
४६ पटक हेरिएको
Shares
‘अनमाेल’ र ‘दया’ काे भिडन्त टर्‍यो

सारांश

  • काठमाण्डौ, २६ मंसिर   फिल्म ‘कृ’ र ‘कान्छी’को भिडन्त टरेको छ ।
  • माघ २६ गतेलाई अनमोल केसी स्टारर फिल्म ‘कृ’लाई सोलो रिलिजको अवसर दिँदै श्वेता खड्का र दयाहाङ राई अभिनीत फिल्म ‘कान्छी’ फागुन ४ गतेबाट रिलिज हुने भएको छ ।
  • अब माघ २६ गते ‘कृ’ एकल रिलिज हुनेछ ।

काठमाण्डौ, २६ मंसिर   फिल्म ‘कृ’ र ‘कान्छी’को भिडन्त टरेको छ । माघ २६ गतेलाई अनमोल केसी स्टारर फिल्म ‘कृ’लाई सोलो रिलिजको अवसर दिँदै श्वेता खड्का र दयाहाङ राई अभिनीत फिल्म ‘कान्छी’ फागुन ४ गतेबाट रिलिज हुने भएको छ ।

अब माघ २६ गते ‘कृ’ एकल रिलिज हुनेछ । ‘कान्छी’ले घोषणा गरेको फागुन ४ मा भने छविराज ओझाको मंगलम  प्रदर्शनमा आउँदैछ । फिल्मको रिलिज सार्नुको विषयमा जानकारी दिँदै श्वेताले भनिन्, ‘मलाई जुध्न मन लागेन । ‘कृ’ टीमसँग धेरै छलफल गर्ने कोशिस गर्दा पनि कुनै निर्णय नभएपछि म आफैं सरेको हुँ ।’

यो फिल्मलाई कोहिनूरका  निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैले निर्माण गरेकी हुन् । ‘कान्छी’मा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।

ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । कोहिनूरपछि श्वेताले ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् ।

अनमोलको अगाडि असुरक्षित महशुस गरेपछि ‘कान्छी’ टीमले फिल्मको प्रदर्शन मिति फेरवदल गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नि:शुल्क औषधि अभाव: रित्तै हात फर्काइन्छन् बिरामी
भावी प्रधान न्यायाधीश राणाकी जोशी ? दुबैजनाको नाम सिफारिस
भावी प्रधान न्यायाधीश राणाकी जोशी ? दुबैजनाको नाम सिफारिस
रामचन्द्र पौडेलले कांग्रेस बैठकमा सुरुमै  दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधे
रामचन्द्र पौडेलले कांग्रेस बैठकमा सुरुमै दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधे
पर्यटक धान्ने क्षमता ३५ लाख, लक्ष्य भने १० लाख
पर्यटक धान्ने क्षमता ३५ लाख, लक्ष्य भने १० लाख
इस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री दाहाल
इस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री दाहाल
चलचित्र ‘पण्डित बाजेकाे लाैरी’ बिरूद्ध सर्वोच्च अदालतमा मुद्धा
चलचित्र ‘पण्डित बाजेकाे लाैरी’ बिरूद्ध सर्वोच्च अदालतमा मुद्धा
कपिल शर्माले चाँडो विवाह गर्ने फैसालाकाे राज खुल्याे !
कपिल शर्माले चाँडो विवाह गर्ने फैसालाकाे राज खुल्याे !
मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास
मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास
महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको छःराष्ट्रपति
महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको छःराष्ट्रपति
लेखक तथा निर्देशक छेतेन गुरुङको निधन
लेखक तथा निर्देशक छेतेन गुरुङको निधन