भावी प्रधान न्यायाधीश राणाकी जोशी ? दुबैजनाको नाम सिफारिस

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
५२ पटक हेरिएको
Shares
भावी प्रधान न्यायाधीश राणाकी जोशी ? दुबैजनाको नाम सिफारिस

सारांश

  • काठमाडौं ।
  • न्याय परिषदले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्चका दुई जना वरिष्ठतम न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेको छ ।
  • प्रधानन्यायाधीशको नियुक्त सम्बन्धि कानुनी व्यवस्थाअनुसार न्याय परिषद्ले न्यायाधीशहरु दिपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम सिफारिस गरेको हो ।

काठमाडौं । न्याय परिषदले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्चका दुई जना वरिष्ठतम न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेको छ ।

प्रधानन्यायाधीशको नियुक्त सम्बन्धि कानुनी व्यवस्थाअनुसार न्याय परिषद्ले न्यायाधीशहरु दिपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम सिफारिस गरेको हो ।
स्रोतका अनुसार यसअघि नै प्रधानन्यायाधीशमा सिफारिस भएर पनि संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका दिपकराज जोशीलाई एक नम्बरमा राखेर सिफारिस गरिएको छ । यद्यपी कैफियतमा संसदीय समितिबाट अस्वीकृत भन्ने पनि खुलाइएको जनाइएको छ ।

संसदीय समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि दिपकराज जोशीलाई सर्वोच्चबाट विदाई गर्न खोजिएको थियो । तर, उनले फेरि पनि प्रधानन्यायाधीशका लागि पहल गर्ने मनस्थिति बनाएर राजिनामा दिएनन् ।

वरिष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्नुपर्ने कानुनी वाध्यताका कारण न्याय परिषद्ले जोशीलाई सिफारिस गरे पनि प्रधानन्यायाधीश भने राणा नै बन्ने अनुमान गरिएको छ ।

उमेर हदका कारण आगामी पुस २७ मा वर्तमान प्रधानन्यायाधीश ओमप्रकास मिश्रले अवकास पाउँदैछन् । त्यसैले नयाँ प्रधानन्यायाधीशको खोजी शुरु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ
अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ
ट्रेड युनियन कांग्रेस दाङको अध्यक्षमा न्यौपाने
ट्रेड युनियन कांग्रेस दाङको अध्यक्षमा न्यौपाने
चर्चामा रहने क्षेत्र काठमाडौं ४ बाट उपराष्टपतिका छोरा दिपेश पुन गगन थापासंग भिड्दै,
चर्चामा रहने क्षेत्र काठमाडौं ४ बाट उपराष्टपतिका छोरा दिपेश पुन गगन थापासंग भिड्दै,
विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त : प्रधानमन्त्री दाहाल
विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त : प्रधानमन्त्री दाहाल
मधेश आन्दोलनको भिडियो देखाउन खोज्दा रौतहटमा फोरम र सुरक्षाकर्मीबीच झडप, चार घाइते, दुईको अवस्था गम्भीर
धनगढी विमानस्थल अझै एक साता बन्द रहने
धनगढी विमानस्थल अझै एक साता बन्द रहने
पेट्रोलियम पदार्थको मुल्य घट्यो ।
गोली हानी गाँजा तस्कर पक्राउ
गोली हानी गाँजा तस्कर पक्राउ
१५ वर्ष अघि ज्ञानेन्द्रले कु गर्दाको सम्बोधन पढ्नुस, कस्तो थियो ?
१५ वर्ष अघि ज्ञानेन्द्रले कु गर्दाको सम्बोधन पढ्नुस, कस्तो थियो ?
तीन महिनाभित्र सवै पत्रकारको हातमा नियुक्तिपत्र : गोविन्द आचार्य
तीन महिनाभित्र सवै पत्रकारको हातमा नियुक्तिपत्र : गोविन्द आचार्य