महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको छःराष्ट्रपति

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको छःराष्ट्रपति

सारांश

  • ३ असार ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अनुभव नभएका महिलालाई पूर्ण प्रतिस्पर्धामा भाग लिन लगाएको अवस्थामा भन्दा सकारात्मक विभेदअन्तर्गत थोरै आरक्षण दिइएको अवस्थामा उनीहरूको राजनीतिक संलग्नतामा व्यापक सुधार भएको बताउनुभएको छ ।
  • संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धितालले आफ्नो सम्मानमा शुक्रबार आयोजना गर्नुभएको स्वागत कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्ण प्रतिस्पर्धा समान रूपमा सक्षम व्यक्तिहरूबीच मात्र हुनसक्ने बताउँदै शताब्दीयौँदेखि विभेद गरिएका र अनुभव नभएका महिला तथा सक्षम र अनुभवी व्यक्तिबीच प्रतिस्पर्धा गर्नु उचित नहुने बताउनुभयो ।

३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अनुभव नभएका महिलालाई पूर्ण प्रतिस्पर्धामा भाग लिन लगाएको अवस्थामा भन्दा सकारात्मक विभेदअन्तर्गत थोरै आरक्षण दिइएको अवस्थामा उनीहरूको राजनीतिक संलग्नतामा व्यापक सुधार भएको बताउनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धितालले आफ्नो सम्मानमा शुक्रबार आयोजना गर्नुभएको स्वागत कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्ण प्रतिस्पर्धा समान रूपमा सक्षम व्यक्तिहरूबीच मात्र हुनसक्ने बताउँदै शताब्दीयौँदेखि विभेद गरिएका र अनुभव नभएका महिला तथा सक्षम र अनुभवी व्यक्तिबीच प्रतिस्पर्धा गर्नु उचित नहुने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले विसं २०४९ अगाडि स्थानीय निकायका करिब दुई लाख पदमध्ये केवल १३६ मा मात्र महिला विजयी भएको देखिएकामा विकेन्द्रीकरणअन्तर्गत निर्वाचनमा २० प्रतिशत महिलालाई उम्मेदवार बनाउनुपर्ने व्यवस्थाबाट ३६ हजार महिला विजयी भएको र थप चार हजार महिला मनोनीत हुँदा करिब ४० हजार महिला राजनीतिक पदमा स्थापित भएको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले यसरी नै अनुभवले खारिएर महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले वर्तमान संविधानअन्तर्गत निर्वाचनमा महिला उम्मेदवारी ४० प्रतिशत अनिवार्य बनाउँदा र प्रमुख तथा उपप्रमुखमध्ये एक पदमा महिला उम्मेदवारी अनिवार्य बनाउँदा हालैको निर्वाचनबाट धेरै महिला उपप्रमुखमा निर्वाचित भएको बताउँदै अब उनीहरूले पनि न्यायाधीशसरह अधिकार प्राप्त गरेको उल्लेख गर्नुभयो ।

उहाँले संसद्का लागि ३३ प्रतिशत स्थानमा महिला उम्मेदवारीको व्यवस्थाले ३३ प्रतिशत स्थानमै महिलाले विजय हासिल गरेको बताउँदै सभामुख र उपसभामुखमा एक पद तथा राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक पद महिलाले प्राप्त गर्दा उनीहरूलाई अनुभवी तथा व्यावहारिक बनाउने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले अब आर्थिक विकास गरी लोकतन्त्रको फाइदा जनतालाई उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रवासी नेपाली मुलुकको सद्भावना दूत भएको बताउँदै उनीहरूले जनस्तरका साथै सरकारी र कूटनीतिक स्तरमा समेत प्रभाव पार्नसक्ने र विदेशमा सिकिएको सीप स्वदेशमा उपयोग गर्न सकिन्छ भन्नुभयो ।
यहाँ आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ लाई सम्बोधन गर्न यहाँ आउनुभएका राष्ट्रपति भण्डारी सहभागी कार्यक्रममा स्विट्जरल्यान्डमा बसोबास गर्ने नेपाली समुदायका सदस्य, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सम्मेलनका लागि नेपाली प्रतिनिधि तथा राष्ट्रपति भण्डारीका भ्रमण दलका सदस्य पनि उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा स्विट्जरल्यान्डका लागि नेपाली राजदूत धितालले अन्तर्राष्ट्रिय श्रम सङ्गठनमा नेपालको सहभागिता र नेपालले प्राप्त गरेको उपलब्धिका विषयमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै शीर्ष नेता निर्वाचनमा, को कहाँ खटिए
सबै शीर्ष नेता निर्वाचनमा, को कहाँ खटिए
साख फर्काउने कसरतमा काँग्रेस, वाम गठबन्धनलाई निरन्तरताको चुनौती
साख फर्काउने कसरतमा काँग्रेस, वाम गठबन्धनलाई निरन्तरताको चुनौती
तालिम लिनै खोज्दैनन् विदेश जानेहरु
निर्मला पन्त प्रकरण: अर्का निर्दाेषलाई फसाउन लागे आईजीपी नै, सरकारी षड्यन्त्रको ठूलो पर्दाफास !
निर्मला पन्त प्रकरण: अर्का निर्दाेषलाई फसाउन लागे आईजीपी नै, सरकारी षड्यन्त्रको ठूलो पर्दाफास !
हैदराबाद डाक्टर बला’त्कार काण्डका अभियुक्त इनका’उण्टरमा मा’रिए
हैदराबाद डाक्टर बला’त्कार काण्डका अभियुक्त इनका’उण्टरमा मा’रिए
सांसदहरु द्वारा ‘राताे पासपाेेर्ट’काे माग !
थाइल्यान्डमा मतदानको समय समाप्त, ८० प्रतिशत मतदान (अपडेट)
थाइल्यान्डमा मतदानको समय समाप्त, ८० प्रतिशत मतदान (अपडेट)
बिक्न छाडे काम्लो, बख्खु र घुम
बिक्न छाडे काम्लो, बख्खु र घुम
पत्नी वियोगमा परेका पूर्व प्रधानमन्त्री नवाज शरिफ जेलमुक्त !
पत्नी वियोगमा परेका पूर्व प्रधानमन्त्री नवाज शरिफ जेलमुक्त !
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र  चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?